अनियन्त्रित राँगोले सहिदगेटमा बबाल मच्चायो
बिहीबार, ०९ असार २०७३, १६ : ४९
काठमाडौं–त्रिपुरेश्वरबाट सुन्धारातर्फ एउटा अजंगको राँगो बुर्कुसी मार्दै सडकै सडक दौडिदै आएको देखेपछि पैदलयात्रीहरु मात्रै होइन मोटरसाइकलमा सबारहरु पनि सडकमै त्यत्तिकै सवारी छाडेर सुरक्षित स्थानतिर दौडिए।
यसरी बिहिबार दिउँसो करीब साढे एक बजेतिर एकाएक अनियन्त्रित रागो सडकैसडक हुँदै दौडिएसँगै त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तब्यस्त बन्न पुग्यो । सो क्रममा राँगाले हानेर केहि सर्वसाधारण सामान्य घाइते समेत भएको बताइएको छ ।
पछि राँगालाई महानगरपालिकाका कर्मचारीहरुले नियन्त्रणमा लिएका थिए । राँगा कहाँबाट त्यसरी आयो भन्ने खुल्न नसकेपनि टेकु आसपासका क्षेत्रमा बधशाला भएको र त्यही काट्ने क्रममा विच्किएर भागेको हुन सक्ने बताइएको छ ।
तस्बीर सौजन्यः इकान्तिपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
-
ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
-
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
-
बजेट र शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, ६ बुँदे माग सम्बोधन गर्न सरकारलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण