उपत्यकाको बीस चोकमा ट्राफिक आइल्यान्ड निर्माण
काठमाडौँ - काठमाडौँ उपत्यकाको बीस वटा चोकमा ट्राफिक पोष्ट (आइल्यान्ड) निर्माण गरिएको छ ।
उपत्यकाको पुतलीसडक, पद्यमोदयमोड, चक्रपथ, नयाँ बानेश्वर, दरबारमार्ग, कलङ्की, त्रिपुरेश्वर, कालिमाटीलगायतका चोकमा आइल्यान्ड निर्माण गरिएको हो ।
दिगो सहरी विकास आयोजनाको सहयोग तथा काठमाडौँ महानगरपालिका र सडक विभागको सहकार्यमा उक्त आइल्यान्ड निर्माण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए । उनले भने – “सडकमा भीडभाड नभएको बेलामा एकछिन् भए पनि ट्राफिकलाई आराम गर्ने वातावरण आइल्यान्ड निर्माणले मिलेको छ ।”
उक्त आइल्यान्डमा मोबाइल फोनलाई चार्ज गर्नका लागि सोलारको समेत व्यवस्था मिलाइएको छ भने ट्राफिकको पानी परेको बेला लगाउने कपडा र पानी राख्ने ठाउँसमेत छ ।
प्रवक्ता मल्लले यसलाई काठमाडौँ उपत्यकाका सम्पूर्ण चोकमा राख्ने वातावरण बनाउन दिगो सहरी विकास आयोजनासँग छलफल गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
-
भानुभक्त आचार्यले भाषा र साहित्यको माध्यमबाट नेपालीको भावनालाई एकीकरण गर्नुभयो : परराष्ट्रमन्त्री खनाल
-
मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध
-
न्याय माग्दै जनकपुरबाट काठमाडौँ हिँडेका मिटरब्याज पीडितका के छन् माग ?
-
पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु
-
वर्षाले मधेसका किसानमा नयाँ उत्साह, धान रोपाइँले लियो गति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण