काँग्रेसको संसदीय समितिको संयोजक चयन
काठमाडौँ - नेपाली काँग्रेसले संसद्भित्रका गतिविधिलाई थप प्रभावकारी र चुस्तदुरुस्त बनाउन संसद्का विषयगत समितिको संयोजक तोकेको छ ।
काँग्रेस संसदीय दलको कार्यसमितिको आज यहाँ बसेको बैठकले १२ वटै समितिका लागि संयोजक चयन गरेको हो । कार्यसमितिका सदस्य सचिव ध्रुव वाग्लेले संसद्को हरेक समितिमा रहेका काँग्रेसका सदस्यमध्येबाट नै सम्बन्धित समितिको संयोजक तोकिएको बताए ।
बैठकले विधान समितिमा तारणीदत्त चटौत, अर्थ समितिमा मोहन बराल, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिमा बलबहादुर केसी, उद्योग वाणिज्य समितिमा अम्बिका बस्नेतलाई संयोजक बनाइएको छ ।
त्यसैगरी वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मा, विकास समितिमा जीवनबहादुर शाही, महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिमा जीवन परियार, सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, सामाजिक न्याय समितिमा मोफ्तार अहम्मद, कृषि तथा जलस्रोत समितिमा सुधीर सिवाकोटी, सुशासन तथा अनुगमन समितिमा प्रभुनारायण चौधरी र राज्य व्यवस्था समितिमा नवीन्द्रराज जोशीलाई संयोजक तोकेको वाग्लेले बताए।
बैठकले भूकम्पपीडित परिवारलाई तत्काल रु दुई लाख घर निर्माणका लागि दिन सरकारको ध्यानाकर्षण गराउने र चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
प्रतिपरिवार रु दुई लाख दिन सरकारले अनेक बाहनामा ढिलासुस्ती गरिरहेको बैठकले ठहर गरेको छ ।
संसदीय दलको कार्यसमितिले अफगानिस्तानमा आतङ्कवादीको हमलामा परी निधन भएका नेपालीका परिवारलाई पनि तत्काल उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको सदस्य सचिव वाग्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण