भूकम्पपछि खाद्यान्न उत्पादन ७ प्रतिशतले घट्यो
काठमाण्डौ – गतवर्षको तुलनामा यो वर्ष १३ अर्व बढीको खाद्यान्न उत्पादन घटेको छ । यो वर्ष ७ प्रतिशतले घट्दा ६ लाख ५१ हजार ९ सय ५२ मेट्रिकटन खाद्यान्न उत्पादन कम भएको हो ।
कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रति किलो २० रुपैयाँका दरले हिसाव गर्दा १३ अर्व ३ करोड ९० लाख रुपैयाँ बराबरको खाद्यान्न उत्पादन घटेको हो । ‘प्रतिकिलो न्यूनतम मूल्य २० देखि ३० रुपैयाँ राखिएको छ ’ कृषि विकास मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले बताए । सरकारले चालु आर्थिक वर्षमा कृषिमा २६ अर्व ६८ करोड रुपैयाँ छुट्याएको थियो ।
कृषि विकास मन्त्रालयका अनुसार गतवर्षको तुलनामा खाद्यान्न बालितर्फ धान, कोदो, गहुँ, जौँको उत्पादन घटेको छ भने मकैबाली भने बढेको छ ।
मन्त्रालयका बरीष्ठ तथ्यांक अधिकृत दिनेश कुमार भट्टराईका अनुसार गतवर्षको तुलनामा १० प्रतिशतले घटको छ । गतवर्ष करीव ४७ लाख ८८ हजार मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ४२ लाख ९९ हजार मेट्रिकटन उत्पादन भएको छ । सो आँकडामा चैतेधान भने समावेश छैन ।
गतवर्षको तुलनामा कोदो २ प्रतिशतले घटेर ३ लाख २ हजार मेट्रिकटन मात्र उत्पादन भएको छ । उत्पादनका हिसावले तेश्रो बालिको रुपमा रहेको गहुँबाली गतवर्षको १२ प्रतिशतले कम भएको छ । यो वर्ष गहुँ १७ लाख ३७ हजार मेट्रिकटन घटेको छ । त्यस्तै जौँ बालिपनि १२ प्रतिशतले नै घटेको छ । खाद्यान्न बाली अन्तर्गतका मकै र फापर भने यो वर्ष उत्पादन बढेको छ । गत वर्षको तुलनामा मकैवाली यो वर्ष ४ प्रतिशतले बढेर २२ लाख ३१ हजार मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै फापरपनि यो वर्ष केही मात्रामा उत्पादन बढेको छ ।
मन्त्रालयले उत्पादन घट्नुको दोष भूकम्प, नाकाबन्दी, प्रतिकुल मौसम, प्राकृतिक प्रकोप र रासायनीक मलको अभावलाई देखाएको छ । त्यसैगरी तराईमा उत्पादन हुनेवित्तीकै धान भारततर्फ विक्री हुने भएपनि सो को तथ्यांक नरहेको मन्त्रालयका निमित्त सचिव डा. शुरेश पोखरेलले बताए ।
भूकम्पको कारण नेपालमा १ लाख ३५ हजार मेट्रिकटन खाद्यान्न क्षती भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण