कुम्बले भारतीय क्रिकेट टिमका नयाँ प्रशिक्षक
मुम्बई – भारतका पूर्व टेस्ट कप्तान अनिल कुम्बले भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । बिसिसीआईका अध्यक्ष अनुराज ठाकुरले कुम्बले नयाँ प्रशिक्षक भएको आधिकारिक जानकारी दिएका हुन् ।
प्रशिक्षक चयन गर्ने टोलीको सल्लाहकार कमिटीमा सचिन तेन्दुल्कर, सौरव गांगुली र विविएस लक्ष्मण रहेका थिए ।
भारतका लागि खेल्दै कुम्बलेले १३२ टेस्टमा ६१९ विकेट लिएका थिए भने एकदिवसीय क्रिकेटमा २७१ खेलमा ३३७ विकेट लिएका थिए ।
४५ वर्षीय कुम्बले यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरका मेन्टर तथा आइसीसी क्रिकेट कमिटीका अध्यक्ष समेत रहिसकेका छन् ।
मुख्य प्रशिक्षकका लागि मंगलबार अन्तरवार्ता भएको थियो । यसमा रवि शास्त्री, प्रवीण आमरे र लालचन्द राजपूतले पनि दाबेदारी पेश गरेका थिए । यस पदका लागि ५७ वटा निवेदन आएकोमा २१ नामलाई छनौट गरिएको थियो । भारतीय क्रिकेटर बाहेक टम मुडी र स्टुवार्ट लले पनि यस पदका लागि निवेदन दिएका थिए ।
यस विषयमा टेस्ट कप्तान विराट कोहलीको राय लिएको थियो । उनी शास्त्रीलाई समर्थन गर्नेमा चिनिन्छन् । तर, सचिन, सौरव र लक्ष्मणले भने कुम्बलेलाई मुख्य प्रशिक्षक बनाएर शास्त्रीलाई ब्याटिङ प्रशिक्षक बनाउनुपर्ने सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण