स्याङ्जाको राङ्भाङमा मेकाडेमिया नट खेती सुरु
पोखरा - स्याङजाको राङभाङ गाविस–३ भैंसे गौंडामा मेकाडेमिया नट अर्थात अष्ट्रेलियन कटुस खेती सुरु गरिएको छ ।
स्थानीय राङभाङ मेकाडेमिया कृषक समूहका व्यवस्थापन, जिल्ला कृषि विकास कार्यालय स्याङजाको आर्थिक सहयोग र वागवानी अनुसन्धान केन्द्र पोखराको प्राविधीक सहयोगमा सो खेती सुरु गरिएको हो ।
खेती गर्न छोडिएको करिव २० रोपनी जग्गामा २ हजार १ सय विरुवा सार्ने योजना सहित सो खेतीको सुरुवात गरिएको छ । जसको लागि विरुवा भने सो संस्थाले आफैँ तयार पारेको संस्थाका अध्यक्ष वालकुमार गुरुङले जानकारी दिएका छन् ।
जिल्ला कृषि विकास कार्यालय स्याङजाका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले शुक्रवार सो खेतीको शुभारम्भ गर्दै विदेशी कटुस नेपालमा खेती गर्न सकेमा स्थानीय कृषकको आय आर्जन वढ्ने बताएका छन् ।
कृषकले एक गाउँ एक उत्पादनको नारासहित उत्पादन गर्न थालेका हरेक वाली नालीमा जिल्ला कृषि विकास कार्यालयले सहयोग गर्ने वरिष्ट कृषि विकास अधिकृत दवाडीले बताए ।
पोखराको पृथ्वीचोकमा रहेको भद्रकाली नर्सरीका संचालक एवं स्थानीय वासिन्दा प्रेमवहादुर रानाको सक्रियतामा गाउँमा मेकाडेमिया कृषक समूह गठन गरी गाउँका २३ जना कृषकले सो खेतीको सुरुवात गरेका हुन् ।
गाउँमा वाँझो भएर खेर गएको जग्गालाई उपयोगमा ल्याउन सो समूह गठन गरी खेती सुरु गरिएको स्थानीय प्रेमवहादुर रानाले बताए ।
सो अवसरमा समाजसेवी धनप्रसाद गुरुङ, शेषवहादुर थापा र वागवानी अनुसन्धान केन्द्र पोखराका प्राविधीक अधिकृत सूर्यप्रसाद दाहालले आ– आफ्ना भनाई राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमानमा पनि ड्रोन आक्रमण
-
हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, साउन १ गते नै सेवा आरम्भ हुनेमा आशङ्का
-
सडकको भवितव्य, समाजको न्याय र सहानुभूतिको आहुति
-
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव
-
विमानस्थलको आन्तरिक टर्मिनलमै कार्यक्रम गर्न खोजेका थिए दुर्गा प्रसाईंले
-
राहदानी छपाइ प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण