बोक्सी आरोप लगाउनेलाई छ महिना कैद
शुक्रबार, १० असार २०७३, २३ : १९
चौतारा - बोक्सीको आरोप लगाएको मुद्दामा यहाँका तीनजनालाई जिल्ला अदालतले आज कैद तथा जरिवानाको फैसला सुनाएको छ ।
जिल्ला अदालत सिन्धुपाल्चोकका न्यायाधीश चिन्तामणि बरालको इजलासले जलविरे गाविस–९ का वीरकाजी तामाङलाई स्थानीय सोममाया तामाङलाई बोक्सीको आरोप लगाएको भन्दै छ महिना कैद, रु पाँच हजार जरिवाना र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
त्यसैगरी बाह्रबिसे–७ का गोविन्दप्रसाद पौडेललाई तीन महिना र चोकटी–६ का पार्वती सापकोटालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार महेन्द्रबहादुर कार्कीेले जानकारी दिए ।
प्राप्त जानकारीअनुसार पार्वतीको बुहारी सुत्केरी भएको अवस्थामा खानामा गडबडी भइ सामान्य बिरामी भएकी थिइन् । धामीलाई हेराउँदा बोक्सी लागेको भनेपछि उनीहरुले स्थानीय गीता भट्टराईलाई बोक्सीको आरोप लगाउँदै बेइज्जत गरेपछि उनीबिरुद्ध गीताले जाहेरी दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण