यो हो सच्चा प्रेम : मृत गर्लफ्रेन्डसँग विवाह
शेपिल्ड–इंग्लैडमा एक दुखी प्रेमीले गर्लफ्रेन्डको मृत्यपछि विवाह गरेर औठी लगाइएको तस्वीर फेसवुकमा राखेका छन् । एक अग्रेजी पत्रिकाका अनुसार १८ बर्षकी एबिगेल हाँलको मृत्यु उनका ब्याइफ्रेन्ड जोश थामसनसँग व्रेकअफ भएको एक सातापछि भएको थियो । ती युवती यस्तो व्रेकअफबाट निकै दुखी थिइन । गत वुधवार शेपिल्ड विश्वविद्यालयमा उनको मृत्य भएको थियो ।
२२ बर्षका जोश टेनिसका कोच थिए । जव जोशके धरवेटीले उनलाई इसारामा मृत्यको खवर गरे, उनी तुरुन्त मृत गर्लफ्रेन्डको घरमा गए । उनले त्यहाँ गर्लफ्रेन्डक एविगेलको लाश देखे । जोशले आफुलाई सम्माल्न सकेनन् । केहीबेर पछि उनले आफुले लगाएको औठी मृत गर्लफ्रेन्डलाई लगाईदिए । फोटो खिँचे र फेसवुकमा अपलोड गरे ।
गर्लफ्रेन्डको मृत्युपछि जोशले लेखका थिए कि, एबिगेल हाल र म अव पति पत्नी हौँ । उनी मेरो जिन्दगी हुन् । उनले अगाडि लेखेका थिए, ‘एविगेलको प्रेमको म शब्दमा भन्न सक्दिनँ । मेरो र उनी एक अर्कालाई चाहेका थियौँ । उनको हासो भन्दा ठूलो मेरा लागि अरु केही थिएन । मैले अर्को बर्ष उनलाई प्रपोज गर्न चाहेको थिएँ । तर, उनी पहिला नै मलाई छाडेर गइन ।
जोशले बताएका छन कि, उनले गर्लफ्रेन्डको मृत्यु भन्दा एक दिन अगाडि मात्र औठी खरिद गरेका थिए । ‘मैले योजना बनाएको थिएँ कि, उनको कलेजमा एक बर्ष पूरा भएको अबसरमा औठी पठाउँ । उनका साथ विताएका मेरा हरेक पल स्मरणयोग्य छन् । उनी हामीलाई छाडेर जानुपर्ने कुनै कारण छैन ।’
साउथ यार्कशायरका एविगेल नै केही समय अगाडि शेफिल्ड विश्वविद्यालमा भर्ना लिएकी थिइन । उनी त्यहाँ बायोमेडिकलकी विद्यार्थी थिइन । तर, बुधवार उनका साथीले उनलाई मृत अबस्थामा भेटे । प्रहरीलाई लाशको नजिक कुनै संदिग्ध बस्तु फेला परेन । एविगेलका साथीहरुका अनुसार जोश टाढा भएकोमा एविगेल दुखी थिइन । त्यहाँको स्थानीय प्रहरीले मृत्युको कारण यही नै हो भन्ने ठोस प्रमाण केही भेटिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण