वेस्ट भर्जिनियाको बाढीमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
वासिङटन- अमेरिकाको वेस्ट भर्जिनियामा आएको बाढीमा परी ज्यान जानेको सङ्ख्या २३ पुगेको समाचार छ ।
अमेरिकी अधिकारीहरुले दिएको जानकारीअनुसार सो क्षेत्रमा ठूलो सङ्ख्याका सर्वसाधारण नागरिक रुखमा चढेर तथा कतिपय स्थानमा घरको छाना र छतमा बसेर ज्यान जोगाइरहेका छन् ।
उद्वारकर्मीहरुले उद्वारको कार्यलाई तिब्रता दिएका छन् । अधिकारीहरुले भनेका छन् सो क्षेत्रमा क्षतिको मात्रा निकै ठूलो रहेको छ । उनीहरुले उद्वारको कामलाई निकै तदारुकता दिएका छन् ।
शुक्रबार दिउसोसम्ममा १४ जनाको मात्र निधन भएको थियो । राति अबेरतिर आएको बाढीमा परी थप नौ जनाको ज्यान गएको हो ।
एकजना आठ वर्षीय बालक उसको आमा र दिदीसँग हिँडीरहेका बेला अकस्मात आएको बाढीले बगाएको थियो । उसको शव तीन घन्टापछि भेटिएको थियो ।
यसरी बाढीमा पर्ने र भौतिक क्षति हुनेको सङ्ख्या निकै धेरै रहेको छ । सयौँ घर परिवार घरबारबिहीन भएका बताइएको छ ।
शुक्रबार अबेरसम्ममा कम्तीमा पनि ५०० जना मानिस बाढीका कारण अलपत्र परिरहेका छन् । उनीहरुले आफ्नो ज्यान मात्र जोगाउन सकिरहेकोले सेना र प्रहरीले उद्वारको कामलाई तिब्रता दिइएको जनाएका छन् ।
गए राति नै करिब १७ वटा शिविर बनाएर विभिन्न स्थानमा उनीहरुलाई राखिरहेका छन् । बाढीको प्रकोप कम भएको छैन ।
त्यसैले सुरक्षाकर्मीहरुले यस्तो अवस्थाका नागरिकलाई कतै पनि ननिस्किन र घर वा अन्यत्रै भएमा पनि सुरक्षितसाथ बस्न सूचना जारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण