जनस्तरबाट बन्यो बिपद व्यवस्थापन समिति
इटहरी– बर्षा लागे सँगै बाढीको प्रकोप बढे पछि इटहरी उप–महानगरपालिकामा जनस्तरबाट बिपद व्यवस्थापन समितिको गठन गरिएको छ । समितिको सयोजकमा नेपाली काग्रेस इटहरी नगर सभापती हेमकर्ण पौडेल रहेका छन् ।
उनी सहित एमाले नगर अध्यक्ष रेवती घिमिरे, नेकपा माओवादी केन्द्रका नगर प्रमुख सागर सुवेदी ,अन्य राजनीतिक दलका प्रमुखका साथै नागरिक समाजको तर्फबाट दिनेश रासाइली, संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसी, पत्रकार सचिन पोख्रेल र लिलाराज भड्ढराई सदस्य रहेका छन् ।
समितिले विपतका बेला आइपर्न सक्ने सम्भावित क्षतिलाई न्युनिकरण गर्ने र राहत व्यवस्थापन कार्य गर्न इटहरी उप–माहानगरपालिकालाई सिफारिस गर्ने छ ।
शनिबार बिहान बिपद व्यवस्थापन समितिको टोलीले शेरा खोलाको निरिक्षण समेत गरेको छ ।
खोला जमिनी सतह भन्दा धेरै माथि रहेका कारण पनि खोलामा आएको बाढी सिधै इटहरीका भुभागमा पस्ने गरेको निस्कर्ष निकालिएको छ । बाढीका कारण खोला भरिएको बताउदै तत्काल खोलाको सफाई गरिने पनि बताईएको छ ।
साथै खोला पस्ने स्थानहरुको पहिचान गरि अस्थाई बाध पनि निर्माण गरिने समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमीफाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिच प्रतिस्पर्धा सुरु
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
सेमिफाइनल यात्राका लागि साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै
-
देशभर मनसुनी वायुको प्रभाव, यी तीन प्रदेशमा अति भारी वर्षाको सम्भावना
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
विश्वकपमा ‘डार्क हर्स’ नर्वेको जादुमयी यात्रा समाप्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण