अबिरल वर्षाले विराटनगर डुबानमा
शनिबार, ११ असार २०७३, १३ : १५
विराटनगर- आज बिहानदेखि जारी अबिरल वर्षाका कारण विराटनगरको दर्जनौ घरमा पानी पसेको छ भने सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ ।
विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो । बिहान ५ः३० बजेदेखि जारी अबिरल वर्षाले गर्दा बसपार्क डुबानमा परेका छन् । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन आँट गरिरहेका छैन् । लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ । बिहानदेखि कुनैपनि विमान अवतरण नभएको विराटनगर विमानस्थलले जनाएको छ । निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ । बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ । ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण