विदेशबाट सुन ल्याउँदै हुनुहुन्छ ? ‘तस्कर’ बन्नबाट जोगिनुहोस्
काठमाडौ–तपाई विदेशवाट सुन तथा चाँदी साथमा लिएर आउँदै हुनुहुन्छ ? यदी ल्याउँदै हुनुहुन्छ भने सावधान ! नयाँ भन्सार नीतिअनुसार तपाईँले साथमा लिएर आउनु भएको काँचो सुन तथा चाँदीले तपाईलाई विमानस्थलमा ‘तस्कर’ को रुपमा फसाउन पनि सक्छ । सरकारी व्यवस्था अनुसार अब ५० ग्रामभन्दा वढी सुन लिएर तपाई स्वदेश आउन सक्नुहुन्न । भन्सार विभागले आगामी साउन एक गतेवाट लागुहुने गरि यस्तो व्यवस्था गरको हो । नयाँ व्यवस्था अनुसार अव विदेशवाट आउने जो सुकैले पनि ५० ग्रामसम्म त्यो पनि तयारी गहना मात्र साथमा ल्याउन पाउने छन् । यो परिमाणमा तयारी गहना ल्याए कुनै भन्सार शुल्क लाग्दैन । तर, त्यही परिमाणमा काँचो सुन ल्याउन पाइनै छैन । अव कुनैपनि हालतमा विदेशवाट फर्कनेले एक ग्राम पनि काँचो सुन साथमा लिएर आउन पाउँदैन । यदि, तोकिएको परिमाण भन्दावढी र काँचो सुन, चाँदी भेटिएमा विमानस्थलमै भन्सार अधिकारीले जफत गर्न सक्नेछन् । विगतमा विदेशवाट फर्कने नेपालीले ५० ग्राम सम्म विना भन्सार र भन्सार तिरेर ४ सय ग्रामसम्म सुन साथमा लिएर आउन पाउने व्यवस्था थियो । यस्तै, ५ सय ग्रामसम्मका चाँदीका गहना विना भन्सार ल्याउन पाउने र भन्सार तिरेर एक केजीसम्म काँचो चाँदी ल्याउन पाइन्थ्यो । तर, सुन तथा चाँदीको बढ्दो चोरी तस्करीकै कारण भन्सार विभागले काँचो सुन, चाँदी साथमा लिएर आउन पूर्ण प्रतिवन्द लगाएको हो । नेपाल सुन, चाँदी तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएपछि विभागले कडाइका साथ यो व्यवस्था लागु गर्न लागेको हो । खासगरि, वैदेशिक रोजगारीवाट फर्किएकाको झिटीगुन्टा चेकचाँच नहुने तथा सुन चाँदीका गहना ल्याउँदा भन्सार शुल्क नलाग्ने व्यवस्थाको फाइदा उठाउँदै तस्करले अवैद्य चोरी तस्करी गर्नेक्रम बढेपछि सरकार सतर्क बनेको हो । ठूलो परिमाणमा अवैद्य सुनचाँदी भित्रने गरेको पाइएपछि नियन्त्रणकै लागि यस्तो गरिएको भन्सार विभागका प्रवक्ता सूर्य सेढाईको भनाई छ । उनका अनुसार अब कसैले त्यस्तो गरेको पाइएमा भन्सार ऐनमा व्यवस्था भएअनुसार कारवाही हुनेछ । यस्तै, भन्सार विभागले विदेशवाट आउनेलाई विगतमा दिदै आएको मदिरा ल्याउने सुविधामा पनि संसोधन गरेको छ । विगतमा जुनसुकै व्राण्डको भएपनि १.२५ लिटरसम्म भन्सार छुटमा ल्याउन पाउने व्यवस्था थियो भने अव एक लिटरभन्दा वढी नपाउने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण