नेपाल –बैंकक फेस्टिवल हुने
शनिबार, ११ असार २०७३, १५ : ४९
काठमाडौ–नेपाल र थाइल्याण्डबिचको द्धिदेशीय सम्बन्ध बिस्तार गर्ने लक्ष्यका साथ आगामी असोज दोस्रो साता राजधानीमा नेपाल बैंकक फेस्टिबलको आयोजना हुने भएको छ । सियाम लंचंग बैंककको आयोजनामा असोज १४ देखि १८ गते फेस्टिवल हुने भएको हो ।
नेपाल बैंकक फेस्टिवल २०१६ नाम दिएको सो कार्यक्रममा नेपाल र बैंककका गरि १ सय ५० भन्दा बढी व्यवशायिक प्रतिष्ठानहरुको सहभागिता रहने छ । नेपालका लागि थाई राजदुताबास तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा सम्पन्न हुन गैरहेको यस फेस्टिवलको मार्केटिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । फेस्टिवलमा तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री र अन्य सामग्री प्रदर्शनीमा रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण