कर्मचारीका अध्यक्षले ४० लाखको जग्गा सरकारलाई दिए
काठमाडौ – आफ्ना स्वर्गिय बुबाको सम्झनामा तेह्रथुमका एक परीवारले सरकारी कार्यालय भवन निर्माणको लागि ४० लाख रुपैयाँ बराबरको जग्गा प्रदान गरेका छन् । तेह्रथुम सदरमुकाम म्याङलुङ्ग निवासी पुण्य ढकालको परीवारले कोष तथा लेखा नियन्त्रण कार्यालय भवन निर्माणका लागि लागि डेढ रोपनी जग्गा प्रदान गरेका हुन् । नेपाल निजामति कर्मचारी संगठनका अध्यक्षसमेत रहेका पुण्य ढकालको परीवारले आफ्ना बुबा नरराज ढकालको वार्षिक पुण्यतिथीतको समयमा म्याङलुङ्ग २ मा रहेको जग्गा कार्यालयलाई प्रदान गरेको हो ।
‘उहाँहरुले कार्यालय भवन निर्माणका लागि जग्गा खोजिरहेको भएपनि उपयुक्त जग्गा नभेटिएको रहेछ’ ढकालले भने ‘सरकारी कार्यालय बन्ने हो भने सेवागा्रही जनतालाई नै सुविधा हुने हो भनेर हामीले पनि बुबाको स्मृतीमा जग्गा प्रदान ग¥यौँ ।’ शुक्रबार वार्षिक पुण्यतिथीमा भएको एकाहा पुराणमा स्वर्गीय नरराजकी श्रीमति मायादेवि ढकाल, जेठा छोरा हरीहर प्रसाद ढकाल, माईलि बुहारी दुर्गादेवि ढकाल तथा कान्छा छोरा पुण्य ढकालले संयुक्तरुपमा जग्गाको लालपुर्जा जग्गा हस्तान्तरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी मुनका न्यौँपाने, स्थानीय विकास अधिकारी प्रल्हाद कार्की, एमाले तेह्रथुमका अध्यक्ष लक्ष्मण तिवारी लगायतको रोहवरमा कोस तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मनोज लिम्बुलाई हस्तान्तरण गरीएको थियो । लालपुर्जा प्राप्त गरीसकेपछि कोलेनिका प्रमुख लिम्बुले जग्गा प्रदान गर्ने ढकाल परीवारलाई धन्यवाद दिँदै आउँदो आर्थिक वर्षदेखि भवन निर्माण शुरु गरीने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण