पाटेबाघको सङ्ख्या वृद्धि
आइतबार, १२ असार २०७३, १८ : २०
बर्दिया- पछिल्लो समयमा पाटेबाघको सङ्ख्या नेपालमा बढ्न थालेको छ ।
बाघ संरक्षण गर्ने अभियान चलेपछि वृद्धि भएको हो तर यसको चोरी–सिकार हुने क्रम भने कायमै छ । यसले बाघको संरक्षणमा चुनौती समेत देखिएको छ । नेपालमा तराईका जङ्गल, भित्रीमधेस क्षेत्र, चुरे र महाभारत क्षेत्रमा प्रशस्त पाइने पाटेबाघ लोप हुँदै बर्दिया, बाँके, चितवन लगायत पर्सा वन्यजन्तु आरक्षमा सीमित हुन पुग्यो । बाघको चोरी–सिकार, बासस्थान विनाश, आहारा प्रजातिमा कमी लगायत जमिनको खण्डीकरणका कारण बाघ लोप हुने क्रम बढेको पाइन्छ ।
सन् १९३० को दशकमा सोखका लागि गरिएका सिकार पनि बाघ लोप हुनाको प्रमुख कारण हो । विश्वमा पाइने नो प्रजातिका बाघमध्ये बाली, जाभा र क्यास्पियन प्रजाति लोप भइसकेका छन् । हाल विश्वमा विभिन्न प्रजाति गरी चार हजार २४० बाघ छन् । बाघ पारिस्थितिकीय प्रणालीको एक प्रमुख र स्वास्थ्य जङ्गलको सूचक मानिन्छ । पछिल्लो समय नेपालमा बाघ संरक्षणका लागि गरिएका प्रयासले बाघको सङ्ख्या वृद्धि हुन थालेको छ ।
सन् २०१३ को बाघ सर्भेक्षण अनुसार चितवनमा १२०, बर्दियामा ५०, शुक्ला फाँटामा १७, पर्सामा सात र बाँकेमा चार पाटेबाघ छन् । सन् २०१६ को बर्दियामा गरिएको बाघ अनुगमनबाट बाघको सङ्ख्या बढ्ने देखिन्छ । बाँके राष्ट्रिय निकुञ्ज स्थापनापछि बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज थप प्रभावकारी बन्दै गइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण