२३७ सहकारीलाई कारबाही
सोमबार, १३ असार २०७३, १६ : ४५
लहान– सहकारी डिभिजन कार्यालयले समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउने सिरहा र सप्तरीका २३७ सहकारी संस्थालाई कारबाही गरेको छ ।
आव २०७१/७२ को लेखा परीक्षणका लागि स्वीकृति नलिएको भन्दै डिभिजन सहकारी कार्यालयले सिरहाका १२७ र सप्तरीका ११० सहकारी संस्थालाई कारबाही गरेको छ । सहकारी संस्थामाथि गरिएको जरिवानाबाट चालु आव २०७२/७३ मा रु एक लाख सात हजार राजस्व सङ्कलन भएको डिभिजन सहकारी संस्थाका प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
समयमा लेखा परीक्षण स्वीकृति नलिने सहकारी संस्थाबाट रु एक हजार ५०० सम्म जरिवाना तिराउन सक्ने कानुनी व्यवस्था छ । आव २०७०÷७१ मा कार्यालयले समयमा लेखा परीक्षण स्वीकृति नलिने सिरहा र सप्तरीका ७३ सहकारी संस्थाबाट जरिवानास्वरुप रु ७२ हजार ५०० राजस्व सङ्कलन गरेको थियो ।
सिरहामा सात सय र सप्तरीमा ५५० सहकारी संस्था दर्ता रहेको सहकारी डिभिजन कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म कुनै कारोबार नगरेको भन्दै सिरहाका १२ र सप्तरीका १८ वटा सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया सुरु गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण