बङ्गलादेशमा मारिएका ७ जापानीको शव सरकारी जहाजमार्फत टोकियो लगियो
टोकियो– गएको शनिबार बङ्गलादेशको राजधानी ढाकामा भएको आतङ्ककारी आक्रमणमा मारिएका सतजना जापानी नागरिकको शव मङ्गलबार जापान पु¥याइएको समाचार छ ।
[caption id="attachment_61384" align="alignleft" width="820"] मङ्गलबार बिहान सबेरै ती शव लगेको जहाज टोकियो विमानस्थलमा अवतरण गरेको थियो । जापानी सरकारी विमानबाट ती शव टोकियो पु¥याइएको जनाइएको छ ।[/caption]टोकियोको हानेदा विमानस्थलमा मङ्गलबार बिहान ती शव अवतरण गराइएको थियो । त्यस समयमा उक्त विमानस्थलमा जापानी विदेशमन्त्री फुमिओ किसिदाको पनि उपस्थिति रहेको थियो ।
साथै सो विमानस्थलमा जापानी उच्च सरकारी अधिकारी र मारिएका व्यक्तिका परिवारको पनि उपस्थिति रहेको थियो ।
आज नै सो आक्रमणमा परी घाइते भएका एकजना जापानी नागरिकलाई पनि टोकियो लगिएको छ । उनलाई भने विमानस्थलबाटै अस्पताल पु¥याइएको दृश्य टेलिभिजनहरुले देखाएका थिए ।
बङ्गलादेशको राजधानी ढाकास्थित एक रेष्टुरेन्टमा शनिबार बिहान भएको आतङ्ककारी आक्रमणमा परी सातजना जापानीको ज्यान गएको थियो ।
उक्त आक्रमणमा २० जना विदेशी नागरिक मारिएका थिए । त्यसमा नौ जना इटालीका नागरिक थिए भने तीमध्ये एकजना भारतीय किशोरी पनि रहेको जनाइएको थियो ।
उक्त हत्याकाण्डको विश्वव्यापी रुपमा नै निन्दा गरिएको छ । यसको संयुक्त राष्ट्रसंघ, जापान, इटाली, भारत एवम् अन्य देशले पनि कडा शब्दमा निन्दा गरेका छन् ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वारा राजधानीे ढाकास्थित सो रेष्टुरेन्टमा भएको आतङ्कककादी आक्रमणप्रति दुःख व्यक्तगर्दै बङ्गलादेशबाट आतङ्कवादी तथा हिंस्रक चरमपन्थीलाई निर्मूल पार्न सम्पूर्ण कारबाहीका लागि सरकार प्रतिबद्ध रहेको बताइएको छ ।
ढाकास्थित उच्च सुरक्षा प्रबन्ध गरिएको कूटनीतिक क्षेत्रमा अवस्थित उक्त रेष्टुरेन्टलाई त्यहाँको आतङ्ककारी संगठनका लडाकूहरुले विदेशी नागरिकलाई कब्जामा लिई धारिलो हतियारको प्रयोग गरी क्रूरतापूर्वक हत्या गरेका थिए ।
बङ्गलादेशी कमाण्डो रेष्टुरेन्टमा पुग्दा बीसजनालाई धारिलो हतियारद्वारा हत्या गरिएको पाइए पनि सेना र अन्य सुरक्षाकर्मीद्वारा गरेको संयुक्त कारबाहीमा छ जना आतङ्ककारीको मृत्यु भएको छ भने एकजनालाई जीवितै सुरक्षा नियन्त्रणमा लिइएको छ ।
उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट्सले लिएको भएपनि बङ्गलादेशका अधिकारीहरुले भने उक्त आक्रमणमा आइएसको नभई बङ्गलादेशमा नै करिब नौ वर्षअघिदेखि प्रतिबन्ध लगाइएको एक आतङ्ककारी संगठनको हात रहेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
रुसले डिजेलको निर्यातमा लगायो पूर्ण प्रतिबन्ध
-
डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु
-
सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण