अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
सारांश
- दक्षिण कोरियाको कम्प्युटर चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा शेयर सूचीकरणबाट २६ अर्ब ५० करोड डलर उठाएको छ ।
- यो अमेरिकामा कुनै विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सेयर सूचीकरण भएको कम्पनीले जनाएको छ ।
- एआई चिपको तीव्र बढ्दो मागका कारण एसके हाइनिक्सको बजार मूल्य र दक्षिण कोरियाको कोस्पी सूचकांकमा उल्लेख्य वृद्धि भएको छ ।
वाशिङटन डीसी । दक्षिण कोरियाको कम्प्युटर चिप निर्माता एसके हाइनिक्सले अमेरिकामा शेयर सूचीकरणबाट २६ अर्ब ५० करोड डलर उठाएको छ । यो अमेरिकामा कुनै विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो सेयर सूचीकरण (लिस्टिङ) भएको कम्पनीले जनाएको छ ।
कृत्रिम बौद्धिकता (एआई) चिप निर्माता एनभिडियाको प्रमुख आपूर्तिकर्तामध्ये एक रहेको एसके हाइनिक्सले बिहीबार १७ करोड ७९ लाख अमेरिकी डिपोजिटरी सेयर प्रतिकित्ता १४९ अमेरिकी डलरका दरले बिक्री गरेको हो । यी सेयरहरू शुक्रबारदेखि नास्डाक स्टक एक्सचेन्जमा कारोबार हुनेछन् । एआई चिपको तीव्र बढ्दो मागका कारण गत मे महिनामा दक्षिण कोरियामै एसके हाइनिक्सको बजार मूल्य १० खर्ब लरभन्दा माथि पुगेको थियो ।
यस वर्ष दक्षिण कोरियामा कम्पनीको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ । एसके हाइनिक्स र सामसङ इलेक्ट्रोनिक्सको तीव्र वृद्धिका कारण कोस्पी सूचकांक पनि सोही अवधिमा ७० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । एसके हाइनिक्स विश्वका अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो । एआईसम्बन्धी प्रविधिमा विश्वभर सयौं अर्ब डलरको लगानी भइरहेका कारण मेमोरी चिप उद्योगले उल्लेखनीय गति पाएको छ ।
यसैबिच प्रतिस्पर्धी कम्पनी सामसङ इलेक्ट्रोनिक्स र माइक्रोनका सेयर मूल्य पनि पछिल्ला केही महिनामा दोब्बरभन्दा बढीले बढेका छन् । सोल राष्ट्रिय विश्वविद्यालयका वित्त प्राध्यापक जेवोन चोईका अनुसार अमेरिकी सेयर बजारमा सूचीकरण भएपछि एसके हाइनिक्सलाई विश्वकै ठुलो अर्थतन्त्र अमेरिकाबाट ठुलो परिमाणमा लगानी आकर्षित गर्न सहज हुनेछ । उनका अनुसार अमेरिकी बजारमा दक्षिण कोरियाको तुलनामा लगानीसम्बन्धी अवरोध कम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
-
बेल्जियम होस् वा स्पेन, मलाई फरक पर्दैन : एम्बाप्पे
-
म गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु: धुर्मुस
-
लेनदेनको विवादमा खुकुरी प्रहार, एकजनाको घटनास्थलमै मृत्यु
-
‘नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भन्ने नीति पुनरवलोकन गरौँ, सरकार जोगाउने तर्क नगरौँ’
-
गणेश नेपालीको आत्मदाहपछि सांसद रञ्जु दर्शनाको आक्रोश : खर्च बेहोरेर मात्र सरकारको दायित्व सकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण