सपनामा विभिन्न खाले महिला आइरहन्छन् ? यी हुन् संकेत
सोमबार, २७ असार २०७३, १५ : ५३
सपना हामी सबैले देख्छौं । कुनै सपना वास्तविक जीवनमा नै मेल खान्छन् भने केही सपनाको सांकेतिक अर्थ हुन्छ । ज्योतिष शास्त्रमा सपनाको विषयमा थुप्रै मान्यताहरु प्रचलित छन्, जसको अनुसार सपनामा हामी जे देख्छौं त्यो भविष्यमा हुनसक्ने घटनालाई संकेत गर्दछ । यदि कोही मानिसले आफ्नो सपनामा महिलालाई विभिन्न रुपमा देख्छ भने त्यसको पनि केही अर्थ हुन्छ जसबारे यहाँ चर्चा गर्न खोजिएको छ ।
दुलही रुपी महिलाः
जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो ।
सुनौलो कपाल भएकी महिलाः
कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ ।
बुर्का लगाएकी महिलाः
बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्ने संकेत गर्छ ।
स्त्रीलाई चुम्बन गरेको सपना देखेः
कसैले यदि सपनामा स्त्रीलाई चुम्बन र सम्बन्ध स्थापित गरेको देख्छ भने अचानक धन प्राप्त हुने संकेत हो ।
स्त्रीले अंगालो हालेको देख्नुः
सपनामा जसलाई सुन्दर महिलाले अंगालो हाल्छिन् त्यस्ता व्यक्तिहरु धनी हुनेछन् । जसले सपनामा आफ्नी प्रेमिकालाई छोड्छ उसलाई धन–सम्पत्ति प्राप्त गर्दछ ।
श्रीमतीसँग घुम्न गएको देख्दाः
कोही व्यक्तिले यदि श्रीमतीसँग कतै घुम्न गएको देख्छ भने उनीहरुको दाम्पत्य जीवन सुखसँग व्यतित हुने संकेत हो ।
झुम्का लगाएकी महिला देखेमाः
सपनामा कुनै युवतीले झुम्का लगाएको देखेमा कुनै शुभ समाचार सुन्न पाउने संकेत हो ।
श्रीमतीसँग टाढा भएको देखेमाः
कोही व्यक्तिले आफ्नी श्रीमतीसँग टाढा भएको सपना देखेमा त्यस्ता व्यक्तिहरु चाँडै नै कुनै रोगको शिकार हुने संकेत हो ।
नाचिरहेको युवती देखेमाः
नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ ।
सुँगुरमा बसेकी महिला देखेमाः
जसले सपनामा सुँगुरमा बसेकी महिला आफूतर्फ आइरहेको देख्छ भने त्यो व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ ।
रातो पहिरनकी महिलाले अंगालो हालेमाः
जब कोही व्यक्तिले सपनामा रातो रंगको कपडा लगाएर अंगालो हाली माला पहिराउँछ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुनसक्छ ।
कोही यौनकर्मीले तानिरहेको देखेमाः
यदि सपनामा कुनै यौनकर्मीले तानिरहेकी देख्नुहुन्छ भने उसले आफ्नो जीवनमा अनेक कष्ट भोग्नुपर्ने हुनसक्छ ।
बिरालो सुतिरहेको देखेमाः
यदि कोही अविवाहित युवतीले कुर्सीमा बिरालो सुतिरहेकी देख्छिन् भने उनको विवाह कुनै धनी युवकसँग हुनेछ ।
सुन्दर चरा देखेमाः
यदि कोही युवतीले सपनामा राम्रो चरा देखेमा उनको आफ्नो प्रेमीसँग चाँडै नै विवाह हुनसक्छ ।
हिराको गहना देखेमाः
यदि कोही महिलाले सपनामा हिराको गहना देखेमा उनको विवाह कुनै धनी व्यापारीसँग हुनसक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटेनी नदीमा जलसतहले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
-
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
-
जाजरकोटमा पहिरोले टहरा पुरिँदा एक वृद्धाको मृत्यु, छोरी र नातिनीको उद्धार
-
इतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त आदिकविको जन्मथलो?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण