मौद्रिक नीतिप्रति बैंकर्स सङ्घको मिश्रित प्रतिक्रिया
काठमाडौँ - नेपाल बैंकर्स सङ्घले आगामी आर्थिक वर्षका निम्ति नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको मौद्रिक नीतिप्रति मिश्रित प्रतिक्रिया व्यक्त गरेको छ ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उत्पादनशील क्षेत्रमा तरलता प्रवाह गर्ने व्यवस्था तथा औद्योगिकीकरण बढाउन लगानी वृद्धि एवम् ब्याजदर ‘करिडर’को व्यवस्था मौद्रिक नीतिमा हुनु सकारात्मक भएको भन्दै त्यसको स्वागत गरेको छ ।
लघुवित्त कारोबार वाणिज्य बैंकहरुले पनि गर्नुपर्ने व्यवस्थाप्रति असहमति जनाउँदै सङ्घले यदि त्यसो गर्ने हो भने लघुवित्त संस्थाहरुबाट बजारमा प्रवाह भएको कर्जा रकम रु झन्डै ७५ अर्बमध्येबाट रु ३० अर्ब वाणिज्य बैंकहरुले फिर्ता लिनुपर्ने परिस्थिति उक्त नीतिबाट सिर्जना भएको बताएको छ ।
सङ्घका अध्यक्ष उपेन्द्र न्यौपानेले नगद कारोबारको सीमा तोक्नु सकारात्मक भएको र त्यसबाट नगद व्यवस्थापनमा सहजता हुनुका साथै आतङ्कवादी गतिविधिमा लगानी निरुत्साहन हुने बताए । कर्मचारीलाई क्षमता अभिवृद्धिका लागि तालिमको अनिवार्य व्यवस्था गरिनु सकारात्मक भएको उनको भनाइ थियो ।
सङ्घले व्यावहारिक कठिनाइ अन्त्य गर्न वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गरेर मौद्रिक नीतिलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण