मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

८० वर्षमा ३० जस्ता देखिन्छन् यहाँका महिला, बुढेसकालमा बच्चा जन्माउँछन् (फोटोफिचर)

सोमबार, २२ कात्तिक २०७३, १० : ५५
सोमबार, २२ कात्तिक २०७३
पाकिस्तानका हुंजा समुदायका महिलाहरु ८० वर्ष पार भएपनि ३० –४० वर्षका जस्ता देखिन्छन् । यो समुदाय उत्तरी पाकिस्तानको कराकोरम पहाडमा बस्ने गर्दछन् जहाँ मानिसहरुको औसत आयु १२० वर्ष हो । यहाँका मानिसका विशेषताः – यस समूदायका मानिसहरु शारिरिक र मानसिक रुपमा बलिया हुन्छन् । – यहाँका महिलाहरु पाका भएपनि उनीहरु जवान देखिन्छन् भने पुरुषहरु ९० वर्षमा पनि बुवा बन्न सक्छन् । यहाँका महिला ६५ वर्षको उमेरमा पनि आमा बन्न सक्छिन् । – उनीहरुको जीवनशैली नै उनीहरुको लामो आयुको कारण हो । बिहान पाँच बजे उठिसक्ने यहाँका मानिसहरु धेरैभन्दा धेरै हिँड्ने गर्दछन् । – यहाँका मानिसहरुले दिनको दुई पटक मात्र खाना खाने बताइन्छ । पहिलो पटकको खाना उनीहरु दिनको १२ बजे खाने गर्दछन् भने बेलुका आफ्नो काम सिद्धिएपछि । – उनीहरुको खाना पूर्ण रुपमा प्राकृतिक हुन्छ । यसमा कुनै प्रकारको औषधी र केमिकलको प्रयोग गरिएको हुँदैन । – उनीहरुले आफ्नै बारीमा आफूलाई चाहिने सामग्रीको उत्पादन गर्दछन् । आफूले गरेको खेतीमा किटाणु मार्ने औषधी प्रयोग गर्न मनाही छ । – उनीहरु विशेष रुपमा जौ, गौंलगायतका खानेकुरा खान्छन् । यसका साथै आलू, मटर, शलगम, दुधजस्ता खानेकुराहरु पनि प्रशस्त मात्रामा खाने गर्दछन् । – यो समूदायले मासुको प्रयोग निकै कम गर्छ । उनीहरु विशेष अवसरमा मात्र मासु पकाउने गर्दछन् । मासुको टुक्रालाई पनि निकै सानो बनाउने गर्दछन् । – यस्तो जीवनशैलीका कारण उनीहरुलाई क्यान्सरजस्ता रोग लाग्दैन । अलेक्जेन्डर द ग्रेटको सेनाको वंशजः – यो समूदायका मानिसहरुलाई बुरुशो पनि भनिन्छ । उनीहरुको भाषलाई बुरुशास्की । – यो समूदाय अलेक्जेन्डर द ग्रेटको बंशज भएको बताइन्छ । – यो समूदाय पूर्ण रुपमा मुस्लिम हो । – यो समूदाय पाकिस्तानको अरु समूदायभन्दा धेरै नै शिक्षित छन् । – हुंजा घाटीमा यसको जनसंख्या करिब ८७ हजार छ । पर्यटकीय गन्तव्य हो हुंजा भ्यालीः – हुंगा भ्याली पाकिस्तानको सबैभन्दा मनपराइएको पर्यटकीय गन्तव्य मध्येको एक हो । – संसारभरका मानिसहरु यहाँको पहाडको लुकेको सौन्दर्य हेर्न आउँछन् । – यो समूदायमा धेरै मानिसहरुले थुप्रै किताब लेखिसकेका छन् । – यसमध्ये जेआइ रोडालको ‘द हेल्दी हुंजास’ र डा. जो क्लार्कको ‘द लष्ट किंगडम अफ द हिमालयज’ चर्चित छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप