‘स्वस्थ बच्चा प्रतिस्पर्धा’मा एकसय ३० जनाको आवेदन
काठमाडौँ– प्रसूति गृह थापाथलीमा जन्मिएका एक वर्षसम्मका बालबालिकाबीच गराइने ‘स्वस्थ बच्चा प्रतिस्पर्धा’का लागि १३० जनाको आवेदन परेको छ ।
एक महिनाअघि अस्पतालले उक्त प्रतिस्पर्धाका लागि आवेदन खुल्ला गरेको थियो । उक्त प्रतिस्पर्धामा जन्मेदेखि ४५ दिनसम्मका बालबालिका, ४५ दिनदेखि ६ महिनासम्मका बालबालिका र ६ महिनादेखि एक वर्षसम्मका गरी तीन विधामा बालबालिकाको स्वास्थ्य परीक्षण गरी सबैभन्दा स्वस्थ १२ बालबालिकालाई पुरस्कृतसमेत गरिन्छ ।
आउँदो कृष्ण जन्माष्टमी अर्थात् भदौ ९ गतेका दिन प्रसूतिगृहको ५६औँ वार्षिकोत्सवका अवसरमा स्वस्थ १२ बालबालिकालाई पुरस्कृत गरिने अस्पतालका मेट्रोन मैयाँ मानन्धरले जानकारी दिइन् ।
प्रसूतिगृहमा गर्भावस्थादेखि नै जाँच गराई अस्पतालमा नै जन्मिएका बालबालिकाबीच प्रतिस्पर्धा गराइन्छ । यसमा पूर्ण खोप लिए÷नलिएको, नियमित जाँच, आमाले गर्भावस्थामा कतिपटक जाँच गराएको, परिवार नियोजनको अवस्थालगायत हेरिने मेट्रोन मानन्धरले बताइन् । प्रसूतिगृहमा दैनिक ६० देखि ७० जनासम्म सुत्केरी हुन आउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद खनालको प्रश्न : ‘योजना आयोगले निर्देशन दिन नसक्ने भए अस्तित्वको के अर्थ ?’
-
लेदोसहितको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, सुरुङको गेट बन्द
-
१५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक
-
सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण