फेंगशुई वास्तुः यी धातुका कछुवा यहाँ राख्नुहोस् अवश्य पूरा हुनेछन् तपाईंका इच्छा
सोमबार, २४ साउन २०७३, १६ : २८
वास्तु शास्त्रमा कछुवाको निकै ठूलो महत्व छ । फेंगशुई वास्तुका अनुसार कछुवामा नकारात्मक इनर्जीलाई नष्ट गरेर सकारात्मक इनर्जी बढाउने शक्तिको रुपमा मानिन्छ । हरेक दिशाको सम्बन्ध एउटा कुनै न कुनै खास धातुसँग हुनेछ । वास्तुका यही सिद्धान्तलाई ध्यानमा राखी आफ्ना भिन्न मनोकामनाका लागि भिन्न दिशामा भिन्न प्रकारको धातु राखिन्छ । यसले घर परिवारको सबै तनाव नष्ट गरिदिन्छ ।
आजकाल बजारमा विभिन्न धातुबाट बनेका विभिन्न आकार र रंगका कछुवा पाइन्छ । फेंगशुई वास्तुलाई आधार बनाएर तपाईंले आफ्ना भिन्न इच्छा पूरा गर्न विभिन्न आकार प्रकारका कछुवा भिन्न दिशामा राख्न आवश्यक छ ।
सन्तान जन्माउनका लागिः
यदि कुनै घरमा सन्तान छैन भने सन्तान प्राप्तिका लागि एउटा विशेष प्रकारको कछुवा राख्न आवश्यक छ । एउटा ठूलो कछुवाको पिठ्यँुमा अर्को साना बच्चा कछुवा पनि भएको कछुवा घरमा राख्नाले सन्तान प्राप्त हुन्छ ।
धन प्राप्तिका लागिः
कछुवालाई धन प्राप्तिको सूचक पनि मानिन्छ । यदि कसैलाई धनसम्बन्धि तनाव छ भने त्यस्ता व्यक्तिले क्रिस्टलले बनेको कछुवा आफ्नो कार्यस्थल र धन सञ्चय गर्ने ठाउँमा राख्न आवश्यक छ ।
व्यवसायमा सफलताका लागिः
व्यवसाय र अफिसमा लगातार भइरहेको नोक्सानीलाई रोक्नका लागि र सफलताको अवसर पाउनाका लागि मेटलले बनेको कछुवा आफ्नो पसल, अफिस र बेडरुममा राख्न आवश्यक छ ।
रोगबाट बच्नका लागिः
यदि घरका कुनै न कुनै सदस्य लगातार बिरामी भइरहन्छन् भने यसबाट बच्नका लागि माटोले बनेको कछुवा घरमा राख्न आवश्यक छ ।
नयाँ व्यापार सुरु गर्नका लागिः
यदि तपाईंले नयाँ व्यापार सुरु गर्नुभएको छ अथवा राख्ने सोच्दै हुनुहुन्छ भने चाँदीले बनेको कछुवा राखेमा यो निकै शुभ मानिन्छ । यस्तो गर्दा व्यापारमा कसैको खराब नजर लाग्दैन ।
परीक्षामा सफलता पाउनका लागिः
आजकाल बच्चाका साथै ठूला मानिसहरु पनि अफिसमा प्रोमोशन पाउनका लागि परीक्षाको तयारीमा लाग्ने गर्दछन् । यस्तो अवस्थामा पित्तलले बनेको कछुवा तपाईंलाई सफल बनाउन सहयोग गर्दछ ।
झगडा समाप्त गर्नका निम्तिः
यदि घरको सदस्यमा धेरैजसो लडाई झगडा भइरहन्छ भने घरमा कछुवाको जोडी राख्न आवश्यक छ । यस्तो गर्नाले घरका सदस्यबिच चलिरहेको मनमुटाव सिद्धिने र माया पिरती बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेदोसहितको बाढीले रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, सुरुङको गेट बन्द
-
१५ अर्बको १ वर्षे ऋणपत्र बोलकबोल गर्दै राष्ट्र बैंक
-
सांसद अधिकारीको प्रश्न– ‘गौरवका आयोजनाको लागत अर्बौँ बढ्दा आयोग र सरकार किन मौन ?’
-
सांसद अधिकारीको प्रश्न, ‘ठेकेदारहरूलाई ढिलासुस्तीको आरोपमा कानुनी कारबाहीको सिफारिस किन नगरेको?’
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण