ओबामाले ८ वर्षीया बालिकाले लेखेको चिट्ठीको जवाफ यसरी दिए
मङ्गलबार, ३२ साउन २०७३, १७ : ०९
अमेरिकाबारे चासो राख्ने एक ८ वर्षीया बालिकाले अमेरिकी राष्ट्रपति बराक ओबामालाई पत्र लेखेकी छिन् । उनले पत्रमा अमेरिकालाई उत्साहित गर्नका लागि ओबामालाई सुझावसमेत दिएकी छिन् ।
लिलीले ओबामालाई लेखेको पत्रमा उनले अहिलेको घटनाक्रम नियाल्दा अमेरिकालाई ठूलो उत्साहको आवश्यकता भएको लेखेकी छिन् ।
‘जिका भाइरस र युद्धका कारण यो देश निकै दुखी ठाउँ भएको छ,’ उनले लेखेकी छिन् ।
ओबामाले सट्स लगाउनुपर्ने बताउने लिलीको ओबामाले आफ्नो परिवारलाई डिस्ने वल्र्डमा लानुपर्ने उनको सल्लाह छ । उनले नम्रता पूर्वक ओबामालाई केही भन्न आग्रह गरेकी छिन् जसले सबैजनालाई शान्त बनाउँछ ।
उनी थप्छिन्, ‘तपाईंलाई थाहा छैन कि मलाई कति धेरै राजनीतिक तनाव छ ।’
‘ब्याकअप जब’ मा राष्ट्रपति पदलाई राखेकी लिली कार्डियोभास्कुलर सर्जन बन्न चाहन्छिन् । उनको रचनात्मक चिट्ठीको ओबामाले उत्तर दिएका छन् ।
लिलीको चिट्ठीको जवाफ दिँदै ओबामाले लिलीको बुवालाई उनको मिलिटरी सर्भिसका लागि धन्यवाद दिए । देशलाई बलियो बनाउन ती बालिकासँग धेरै जाँगर र उत्साह भएको उनले बताएका छन् ।
ती बालिकाले लेखेको चिट्ठी र ओबामाको उत्तर यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण