आज पनि बजार अनुगमन, बजार नियमित अनुगमन गर्नुपर्ने व्यवसायीहरुकै जोड
काठमाडौँ–चाडबाडको समयमा मात्रै नभई उपभोग्यवस्तु बजार नियमित अनुगमन गर्नुपर्ने व्यवसायीहरु स्वयम्ले बताएका छन् ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य संस्थान र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्तरुपमा गरेको अनुगमनका क्रममा आज व्यवसायीले अनुगमनलाई नियमित गर्न सके उपभोक्ता र व्यवसायी दुई पक्षलाई नै फाइदा हुने बताएका हुन् ।
अनुगमन टोलीले आजै उपभोक्ताको हित विपरीत रहेको बालाजु औद्योगिक क्षेत्रमा रहेको चार हजार बोरा डिडिसी पाउडर (धुलो) दूधलाई सिल गरेको छ ।
टोलीले पाटनस्थित तिमिल्सिना खाद्य स्टोरमा बढी मूल्य लिई उपभोक्तालाई ठगी गरेको भेटिएकाले सो स्टोर बन्द गरिदिएको छ । त्यस्तै टोलीले खान उपयुक्त नभएको ४६३ किलो आज मासु बरामद गरी नष्ट गरेको छ । गोँगबु, सामाखुसी र गल्कोपाखा इलाकामा ५० ग्रामका झण्डै २५ प्याकेट मसला जफत गरी त्यस्ता सामान बिक्रीवितरण तत्काल रोक्न विभागले निर्देशन दिएको छ ।
अधिकांश पसलमा मूल्यसूची र पसलको नाम समेत राखेको नदेखिएकाले तीन दिनभित्र विवरण लिएर बिभागमा आउन निरीक्षक अधिकृत ढुण्डीराज पोखरेलले निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण