नयाँ मोर्चा बनाएर सत्ता कब्जा गर्ने वैद्य माओवादीको चेतावनी
इटहरी–क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले राज्यसत्ता कब्जाका लागि नयाँ मोर्चा निर्माण गर्ने बताएका छन् ।
जनताको राज्यसत्ता स्थापना तथा सामान्तवादलाई परास्त गर्नका लागि नयाँ संयुक्त मोर्चा स्थापना गर्ने र यसको नेतृत्व पार्टिका नेता सिपी गुजरेले गर्ने उनले बताए ।
तत्कालिन नेकपा माओवादीले युद्ध सुरु गर्ने समयमा पनि संयुक्त मोर्चा बनेको र त्यसको नेतृत्व बाबुराम भट्राईले गरेको स्मरण गराउँदै अध्यक्ष वैद्यले त्यस्तै प्रकृतीको मोर्चा हुने स्पष्ट पारे । यहि भदौ २५ गते देखी २७ गते सम्म राष्ट्रिय भेला गरेर संयुक्त मोर्चालको गठन गर्ने बैद्यले जानकारी दिए । राष्ट्रिय भेलाले संयुक्त मोर्चाको खाका र समितीलाई पूर्णता दिईने पनि उनको भनाई थियो । विगतका आन्दोलनको संञ्चालनको दौरान केही कमी कमजोरी देखिएका कारण पुन राष्ट्रिय सम्मेलनको आयोजना गरि ठोस कार्ययोजना ल्याईने पनि उनको भनाई छ । उनले भित्रका उच्च नेतृत्व नै सत्तालोभमा लागेर अन्तरघात गरेको बताउँदै अन्तरघातले पार्टिमा केही समस्या देखिएपनि अब पार्टी शुद्धिकरण भएको बताए । अध्यक्ष वैद्यले अहिलेको सरकार नाममा कमन्युष्ट तर काम भने अर्कै गर्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण