भक्तपुरको गाईजात्राः प्रमुख आकर्षण घिन्ताङघिसी (फोटोफिचर)
भक्तपुर – देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाईंरहेका छन् । भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाएका छन् ।
आजदेखि आठ दिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ ।
जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचो अर्थात डोकोलाई गाईको रुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ भने उमेर पुगेका व्यक्तिहरुको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाई नगर परिक्रमा गरिन्छ ।
घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच यहाँको अर्को विशेषता हो । मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ । गाई वा ताहामचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्दछन् । गाइजात्राको अवसरमा तलेजु स्थानवाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचा वनाई नगर परिक्रमा गराइन्छ । त्यसपछि मृतक आफन्तको सम्झनामा उनीहरुको प्रतीक ताहामचा वनाई नगर परिक्रमा गरिन्छ । वर्र्षभरि दिवंगत भएकाहरुको सम्झनामा परिवारजनले बालकलाई गाईको प्रतीकको रुप दिएर शहर परिक्रमा गराउने चलन छ ।
यसो गर्दा दिवंगत व्यक्तिले बैतरणी सजिलै तर्नसक्ने र परलोकमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । पछिल्लो समय गाईजात्रालाई मनोरञ्जनको रुपमा समेत लिईंदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण