सरकारी जग्गा मिचेर बनेका होटलमा डोजर चल्यो
नुवाकोट–नुवाकोटको तलाखु गाविसस्थित चिसापानीमा सरकारी जग्गा अतिक्रमण गरेर सञ्चालनमा ल्याइएका होटल रिसोर्ट शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज र स्थानिय बासिन्दाले डोजर लगाएर हटाएका छन् ।
स्थानियहरुको प्रयासमा वृक्षारोपण गरेर संरक्षण गर्दै आएको जंगलको जग्गा फडानी गरेर सोही वनको काठपात प्रयोग गर्दै चिसापानीमा स्थायी प्रकृतिका होटल र रिसोर्ट बनेपछि स्थानियहरुले त्यसको विरोध गर्दै आएका थिए ।
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको चिसापानीमा बनेका कत्तिपय होटल तथा रिसोर्टले निकुञ्जको संरक्षणका लागि निर्माण गरिएको पर्खालसमेत भत्काएर होटल संचालन गरेपछि निकुञ्जले गत वैशाख पहिलो सातामा ५३ दिने सुचना जारी गरेर हटाउन आग्रह गरेको थियो ।
वैशाख ५ गते निकुञ्जले जारी गरेको ५३ दिने सुचनाका बिरुद्ध होटल संचालकहरुले पुनरावेदन अदालत पाटनमा अन्तरिम आदेशका लागि मुुद्धा दर्ता गरेका थिए ।
पुनरावेदन अदालत पाटनले दिएको अन्तरिम आदेश गएको जेठ ६ गते सर्वोच्च अदालतले बदर गरेपछी राष्ट्रिय निकुञ्जले स्थानियसँगको सहकार्यमा अवैध रुपमा संचालित होटल तथा टहराहरु डोजर लगाएर भत्काएको हो । यसरी निकुञ्ज अतिक्रमण गर्नेर सञ्चालनमा आएका चीसाापानी माउन्टेन भ्यु रिसोर्ट, होटल दर्पण, होटल ग्यालेक्सि र होटल बिबिसि लाई सो स्थानबाट हटाईएको स्थानिय गोपि बहादुर तामाङले जानकारी दिए । स्थानिय अगुवाहरुका अनुसार निकुञ्जसँगै जोडिएका होटलहरुले १५ मिटर भन्दा बढी शीवपुरी नागार्जुन राष्ट्रिय नीकुन्ज अतीक्रमण गरेका थिए । अब सो स्थानलाई सामुदायिक बनको रुपमा संरक्षण गरि पर्यावरणीय संरक्षणमा लगिने स्थानियहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण