एउटै विद्यालयमा दुई प्रअले हाजिरी गर्न खोज्दा...
रौतहट –बिदा सकिनु अगावै रौतहटको एक बिद्यालयमा दुईजना शिक्षकले प्रअ भएको दावी गर्दै एकैपटक हाजिर गर्न खोज्दा अभिभावकहरुले एक जनालाई सामान्य कुटपिट गर्दै बिद्यालयमा तालाबन्दी गरेका छन् । स्थानिय देवाही गाविस ३ स्थित प्रावी देवाहीका पुरानो प्रधानाध्यापक धर्मलाल पटेललाई आज अभिभावकहरुले सामान्य कुटपिट गरी प्रअको टुंगो नलागेसम्मको लागि बिद्यालयमा तालाबन्दी गरेका हुन। तत्कालिन जिल्ला शिक्षा अधिकारी हरीप्रसाद वोस्तीले प्रावि सखुअवाका शिक्षक मोख्तार यादवलाई प्रावी देवाही तिनको नयाँ प्रअको रुपमा सरुआ गरेका थिए । नयाँ प्रअको चिठि बिद्यालयले बुझन नमानेपछी यादवले चिठि हुलाक मार्फत पठाएर शुक्रवार प्रावी देवाहीमा प्रअको रुपमा हाजिर हुनजाँदा बिवाद भएको एकजना अभिभावक पुलिस पटेलले बताएका छन् । शिक्षक यादवले आफुले प्रअ पाउनुपर्ने अडान गरेका छन भने अधिकारी वोस्तीले गरेको सम्पुर्ण काम कार्यवाही सर्वोच अदालतले रोक्का गरेको भन्दै आफुनै प्रअ भएको शिक्षक यादवको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण