मुटुरोगसम्बन्धी रोगबाट कसरी बच्ने ?
भक्तपुर– वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले विश्वमै अहिले सर्ने रोगभन्दा नसर्ने रोगले महामारी फैलिरहेको बताएका छन् । नागरिक सचेतना केन्द्र मध्यपुरथिमिको आयोजना तथा नवछात्रोदय पुस्तकालय र जागृति महिला समूहको सह–आयोजनामा मध्यपुरथिमिमा आज सम्पन्न मुटुरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रममा बोल्दै उनले नसर्ने रोगमध्ये मुटुरोग, मधुमेह, हृदयघात, क्यान्सर, मष्तिस्कघातलगायतका रोग अहिले विश्वमै प्राणघातक रोगका रुपमा विकराल हुँदै गइरहेकाले यसलाई न्यूनीकरण गर्न जनचेतना जगाउनुपर्नेमा जोड दिए । मुलुकमै दिनानुदिन मुटु रोगका बिरामी बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै डा रेग्मीले चिल्लो खानेकुरा, बजारमा जथाभावी बिक्री वितरण भइरहेका अस्वस्थकर खानेकुरा, शारीरिक व्यायामको कमी, चिन्ता, मद्यपान र धूमपानका कारण मुटुका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताए ।
उनले मानिसको सानो लापर्बाहीले गर्दा मुटुरोगका बिरामी समयमै अस्पताल नपुगेका कारण बाटोमै अकालमा मृत्यु हुने गरेको बताउँदै नेपालीमा अझै पनि मुटुरोगसम्बन्धी आवश्यक ज्ञान नभएको उल्लेख गरे । डा रेग्मीले मुटुरोगसम्बन्धी व्यापक जनचेतना जगाउनसके अकालमा मृत्युहुनेबाट जोगाउन सकिनेमा सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नवछात्रोदय पुस्तकालका अध्यक्ष प्रदीप श्रेष्ठले मुलुकमा मुटुरोगका बिरामी बढिरहेका अवस्थामा उक्त रोगसम्बन्धी व्यापक जानकारी दिई मुटु रोगका बिरामीलाई मद्दत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण