अब राजधानीमै चल्यो केबुलकार (फोटोफिचर)
शनिबार, ०४ भदौ २०७३, १८ : ०३
काठमाडौं–राजधानीको थानकोटबाट चन्द्रागिरीको टुप्पोसम्म केबुलकार सञ्चालनमा आएको छ । अष्ट्रियन प्रविधिबाट बनेको यो केवुलकारमा ३८ वटा क्याबिन र सामान बोक्ने डब्बा सहित ४१ बटा क्याविन चल्छन् ।
चन्द्रागिरीबाट काठमाडौं उपत्यका ज्यादै सुन्दर देखिन्छ साथै उत्तरी हिमाल अझै सुन्दर लाग्छन् ।केवुलकार संचालनमा आएपछि आजकल आन्तरिक पर्यटकहरुको घुइचो लाग्न थालेको छ । केवुलकारसँगै चन्द्रागिरीमा भालेश्वर मन्दिर निर्माण गरिएको छ । थ्रि डि हल,वालबगैचा,पार्क, पिकनिक स्पट, भ्यूटावर, अर्डिटोरियम हलसँगै पाँच तारे होटल पनि निर्माण गरिएको छ । साथै यहाँ घोडेयात्रा गर्न पनि सकिन्छ । यस केवुलकार चढ्ने ग्राहकले आउँदा जाँदा ७ सय रुपैयाँ तिर्नुपर्छ । थानकोट फाखेल र चित्लाङ्गका स्थानीयले २५ प्रतिशत छुट पाँउछन् भने अपाङ्ग,बृद्ध र विद्यार्थीले २५प्रतिशत छुट पाउछन् । चन्द्रागिरीको चुचुरोबाट अन्नपूर्ण हिमश्रृखलादेखि सगरमाथासम्मका हिमश्रृखलासम्म हेर्न सकिन्छ । यस ठाँउबाट गणेश हिमाल सुन्दर देखिन्छ । चन्द्रागिरी हिल्स प्रालिले संचालनमा ल्याएको यो केवुलकार संचालननार्थ नेपाल सरकारसँग ४० बर्षका लागि स्पट भाडामा लिएर संचालनमा ल्याएको हो ।यस कम्पनीले प्रतिबर्ष १लाख ८० हजार भाडा तिर्छ भने हरेक बर्ष १० प्रतिशतले मूल्य समायोजन हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यका ट्राफिकमा गृहमन्त्रीको निरीक्षण
-
लुम्बिनी प्रदेशसभाबाट आर्थिक विधेयक पारित
-
छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैन : पोखरा महानगरपालिका
-
नक्कली नागरिकता बनाउने कार्यमा संलग्न दुई जना पक्राउ
-
‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद
-
आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण