बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘शूभ मूहुर्त’ निकालेर भाइको हत्या !

शुक्रबार, ३१ भदौ २०७३, ११ : ०३
शुक्रबार, ३१ भदौ २०७३

कुनै पनि शुभ काम गर्नका लागि जसले पनि उचित दिन हेरेर पूजा पाठ गराएर आफ्नो काम गर्ने कुरा सामान्य हो । यस्तो कुरा नेपाली समाजमा व्याप्त छ । तर कुनै संगीन अपराध गर्नुभन्दा पहिले कुनै शुभ मूहूर्त निकालेर आफ्नै रगतको हत्या गर्ने कुनै सायद योभन्दा पहिले सुन्नुभएको थिएन होला । मुम्बईमा यस्तो घटना सार्वजनिक भएको छ ।

मुम्बईको डोम्बिवली इलाकामा वास्तवमा नै यस्तो घटना घटित भएको छ जसमा एक व्यक्ति फूकफाक गर्ने व्यक्तिकोमा कुनै समस्या समाधान गर्नका लागि नभई आफ्नो दुश्मनको हत्या गर्नका लागि एउटा शूभ साइतको खोजीमा गएका थिए । साइत निकालेपछि ती व्यक्तिले साइत बमोजिम नै आफ्नै भाइको हत्या गरेका छन् ।

जयदिप रसालले आफ्नै काकाको छोरा सतिश रसालको नकै क्रुरतापूर्वक हत्या गरेका छन् ।

घटनाको कारण यस्तो प्रकारको छः केहि दिन पहिले जयदिपकी श्रीमती उनको खराब बानी र बेरोजगार भएका कारण आफ्नो बच्चालाई छोडेर अलग भएकी थिइन् । जब जयदिपको काकाको छोरालाई यसबारे जानकारी भयो तब उनी धेरैजसो जयदिपकी श्रीमतीलाई भेट्न उनको घर जाने गर्दथ्यो ।

जयदिपकी श्रीमतीले सतिशलाई उनको बच्चाहरुसँग भेट गराइदिन आग्रह गर्दथिन् । सतिशले यही कुराको फाइदा उठाउँदै उनीसँग नाजायज सम्बन्ध बनाए तर जब जयदीपलाई यसबारे जानकारी भयो तब उनले यो कुरा सहन सकेनन् । निकै रिसाएका उनले साथी चन्दन गायकवाडसँग मिलेर आफ्नै भाइ सतिशको ज्यान दिने प्लान बनाए ।

स्थानीय तान्त्रिक परशुरामसँग मूहूर्त निकालेपछि आफ्नो प्लानका अनुसार जयदिप र चन्दन पहिले सतिशसँग भेटे र पेट्रोल भर्ने बहानामा उनलाई सुनसान सडकमा लिएर गए र तान्त्रिकले दिएको चक्कुले जयदिपको गला काटेर उनको हत्या गरिदिए । छानबिनको क्रममा गत ९ सेप्टेम्बरमा क्राइम ब्रान्चले केही यस्ता प्रमाण फेला पारे जसले पुलिस हत्यारासम्म पुग्न सफल भयो । जयदिपले सोधपुछको क्रममा आफ्नो अपराध स्विकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप