विश्वकपमा इरानमाथि अमेरिकाको कडा नीति : खेल सकिएको केही घण्टामै देश छाड्नुपर्ने
सारांश
- विश्वकप २०२६ को सह-आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीलाई खेल सकिएको केही घण्टामै देश छाड्नुपर्ने कडा नियम लागू गरेको छ।
- अमेरिकी अधिकारीहरूले इरानको टोलीले खेल सकिएपछि आराम गर्न समेत नपाई तत्कालै देश छोड्न आदेश दिइएको पुष्टि गरेका छन्।
- इरानका मुख्य प्रशिक्षक र खेलाडीहरूले यस नीतिको आलोचना गर्दै खेलाडीहरूको शारीरिक तन्दुरुस्ती र आरामका लागि क्यालिफोर्नियामै रात बिताउन पाइने अपेक्षा व्यक्त गरेका छन्।
लस एन्जलस । विश्वकप २०२६ को सह-आयोजक राष्ट्र अमेरिकाले इरानी फुटबल टोलीका लागि अत्यन्तै कडा र विरलै देखिने खालको नियम लागू गरेको छ।
अमेरिकी अधिकारीहरूले इरानको टोलीले लोस एन्जलस र सियाटलमा हुने आफ्ना हरेक समूह चरणका खेलहरू सकिएको केही घण्टाभित्रै अमेरिका छाड्नुपर्ने स्पष्ट पारेका छन्। खेल सकिएपछि खेलाडीहरूलाई आराम गर्न समेत नदिई तत्कालै देश छोड्न आदेश दिइएको भन्दै आलोचना भइरहेका बेला अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका हुन्।
ह्वाइट हाउस फिफा टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रीउ जुलियानीले यस किसिमको प्रक्रियाबारे पहिले नै स्पष्ट पारिएको दाबी गरेका छन्। अमेरिका र इजरायलले इरानमाथि गरिरहेको युद्धका कारण महिनौँसम्मको अनिश्चिततापछि अन्ततः इरानले विश्वकपमा सहभागिता त जनायो, तर सोमबार लोस एन्जलसमा न्युजिल्यान्डविरुद्ध भएको राजनीतिक रूपमा संवेदनशील खेललगत्तै इरानी टोलीलाई रातभर पनि बस्न दिइएन।
खेल सकिएको केही घण्टामै स्थानीय समय अनुसार राति करिब आठ बजे इरानी टोलीलाई मेक्सिकोमा रहेको उनीहरूको बेस क्याम्पमा फिर्ता पठाइयो। होटलमा बसेर सामान्य रूपमा शारीरिक थकान मेटाउने समय समेत नदिएर भिसा र यात्रामा यस्तो व्यवहार गरिएपछि अमेरिकी नीतिको चर्को आलोचना भइरहेको छ।
इरानका मुख्य प्रशिक्षक अमिर घलेनोइले खेलपछि पत्रकारहरूसँग कुरा गर्दै आफ्नो टोलीलाई खेल सकिएको केही घण्टामै अमेरिका छोडेर मेक्सिको फर्कन आदेश दिइएकोमा असन्तुष्टि व्यक्त गरे। उनले पहिलो खेलपछि खेलाडीहरूको शारीरिक तन्दुरुस्ती र आरामका लागि क्यालिफोर्नियामै रात बिताउन पाइने अपेक्षा टोलीले गरेको बताए।
यसैबिच, इरानका विङ्गर मेहदी तोराबीको प्रवेश भिसा पहिलो खेलपछि नै सकिएकाले अमेरिकाले थप दबाबको सामना गर्नुपरेको थियो। यद्यपि, इरानी अधिकारीहरूले मंगलबार दिउँसो उनलाई आगामी खेलहरूका लागि अमेरिका आवतजावत गर्न मिल्ने मल्टिपल-एन्ट्री भिसा सुरक्षित गरिएको जानकारी दिएका छन्। अमेरिकी विदेश मन्त्रालयले पनि यो समस्या समाधान भइसकेको र खेलाडीले प्रत्येक खेलमा भाग लिन पाउने कुरा सुनिश्चित गरिएको जनाएको छ।
कार्यकारी निर्देशक जुलियानीले सीबीएस न्युजसँगको अन्तर्वार्तामा इरानी टोलीका केही सहयोगी कर्मचारी र अधिकारीहरूलाई अमेरिका प्रवेशमा रोक लगाइएको भए पनि सबै खेलाडी र प्रशिक्षकहरूले भने भिसा पाएको स्पष्ट पारे। उनले इरानी टोलीका लागि तय गरिएको कडा सर्तको खाका प्रस्तुत गर्दै भने, ‘टोलीलाई खेल हुनुभन्दा एक दिन अगाडि मात्र अमेरिका प्रवेश गर्न दिइनेछ। खेल सकिएको साँझ नै उनीहरूलाई देश छाड्न भनिनेछ र उनीहरूले लोस एन्जलस र सियाटलमा हुने आगामी खेलहरूमा पनि यही प्रक्रिया पालना गर्नुपर्नेछ।’
केही सहयोगी कर्मचारी र टोलीका अधिकारीहरूलाई किन भिसा दिइएन भन्ने प्रश्नमा जुलियानीले धेरै विवरण नदिए पनि विदेशमन्त्री मार्को रुबियोको भनाइलाई उद्धृत गरे। उनले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग प्रत्यक्ष सम्बन्ध भएका कुनै पनि व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न नदिइने र विश्वकपलाई उनीहरूले अमेरिका छिर्ने माध्यम बनाउन नसक्ने स्पष्ट पारे।
इरानी टोलीका कप्तान मेहदी तारेमीले आइतबार टिजुआनाबाट लोस एन्जलस क्षेत्रको छोटो दुरी तय गर्ने क्रममा आफूहरूले पाँच घण्टा लामो यात्रा र कडा सुरक्षा जाँचको सामना गर्नुपरेको दुखेसो पोखेका छन्। उनले फिफाले यस्तो राजनीतिक र प्रशासनिक चेपुवामा परेको अवस्थामा आफूहरूलाई योभन्दा बढी सहयोग र सहजीकरण गर्नुपर्ने माग समेत गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
-
युद्धविरामका बाबजुद लेबनानमा इजरायली आक्रमण जारी
-
कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग
-
सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण