एक टुक्रा केकको २ लाख रुपैयाँ !
बेलायती महारानी भिक्टोरियाको विवाहको केकको एउटा सानो टुुक्रा लण्डनमा लिलामीमा १५ सय पाउण्ड (२ लाख १२ हजार रुपैयाँ) मा बिक्रि भएको छ । १९ औं शताब्दिको यो केक महारानी भिक्टोरिया र राजकुमार एल्बर्टको विवाहको हो । उनीहरुको विवाह सन् १८४० मा भएको थियो । जर्सीका संग्रहक डेविड गेन्सबरो रोबर्टस्ले केकको यो टुक्रा बेचेका हुन् ।
केकसँगै एउटा उपहार बक्स पनि बेचियो जसमा लेखिएको थियो, ‘द क्विन्स ब्राइडल केक बकिंघम प्यालेस, फेबी १०, १८४०’ । शाही मोहरसँगै महारानी भिक्टोरियाको हस्ताक्षर भएको एउटा कागज पनि बेचियो ।
बीबीसीको रिपोर्ट अनुसार लिलामी गर्ने कम्पनी क्रिस्टिजले गत बुधबार लण्डनमा ती सामानहरुको लिलामी गरेका थिए । यसमा शाही खानदानको स–साना सामान, टाइटानिक जहाजको साँचो र विन्स्टन चर्चिलको ह्याट पनि बेचियो । महारानी भिक्टोरियाको अन्र्तवस्त्र पनि १६, २५० (२३ लाख रुपैयाँ) पाउन्डमा बेचियो । यसको मूल्य २ हजार देखि ३ हजार पाउण्ड तोकिएको थियो । संग्रहक रोबर्टस् अहिले ७० वर्षका भएका छन् उनले आफ्नो पूरा जीवन दुर्लभ बस्तुहरु संकलन गर्नमा नै बिताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनान सीमामा हिंसा उल्लेखनीय रूपमा घट्यो
-
केप भर्डेका गोलकिपरको आँसुले हल्लायो अमेरिका : आमालाई भिसा दिन माग
-
इरान–अमेरिका सम्झौतामा ३०० अर्ब डलरको लगानी कोष प्रस्ताव, आधाभन्दा बढी रकम प्रतिबद्ध
-
सुर्खेतमा एक महिला मृत अवस्थामा फेला
-
बोल्सोनारोका छोरालाई जेल सजाय, अमेरिकासँग सहयोग खोजेको आरोप
-
‘दलीय कि निर्दलीय’बारे बहसभन्दा प्रवृत्ति सुधार मुख्य सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण