बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

दाइजो नपाएको झोंकमा श्रीमानले काटे श्रीमतीको नाक

आइतबार, ०२ असोज २०७३, १० : ४२
आइतबार, ०२ असोज २०७३

परिवारले दाइजोको लागि खर्च उठाउन सक्दैन भन्दै एक महिलाको विगत आठ वर्षदेखि सँगै बस्दै आएका श्रीमानले उनको नाक काटिदिएका छन् ।

उत्तर भारतस्थित उत्तर प्रदेशको सज्जनपुरकी कमलेश राथोर, २५, लाई उनका श्रीमान् संजीव राथोर, २७, ले दाइजो स्वरुप ८० हजार नदिएको रिसमा उनको नाक काटिएको हो ।

कमलेश भन्छिन्, ‘दाइजोका लागि उनले मलाई दैनिक सताउने गर्दथे । उनले तारन्तार मसँग ८० हजार रुपैयाँ दाइजो मागिरहन्थे ।’

‘मैले निरन्तर भन्थें कि मेरो बुवा निकै गरिब हुनुहुन्छ त्यसकारण उहाँले तपाईंलाई यति रकम दिन सक्नुहुन्न । उनले मेरा केही कुरा सुनेनन् । मेरो नाक काटिदिने भनी सधैं धम्की दिन्थे,’ उनी भन्छिन् । ‘यहि निउँमा उनले मलाई वर्षौंदेखि कुट्दै आएका छन् ।’

‘उनले मलाई बेल्ट, जुत्ता, लट्ठीले कुट्दथे । मलाई यौनकर्मीको रुपमा काम गरिरहेको आरोप लगाउँदै मलाई बेचिदिने धम्की पनि दिन्थे । दिनदिनै रक्सी खाएर आउने मेरो श्रीमानसँगको ८ वर्ष बसाईं मेरो लागि निकै कष्टकर रह्यो, ’ उनले डेली मेललाई बताइन् ।

गत सेप्टेम्बर १४ तारिखमा कमलेस खाना बनाइरहेकी थिइन् जब संजीवले पुनः ८० हजारको माग राखी उनीमाथि कराए । उनका अनुसार त्यस दिन घरका अन्य परिवारले उनलाई पछाडिबाट समाते र भुइँमा लडाए, त्यतिबेला उनको श्रीमान् उनको नाक काटिदिए । उनले भनिन्, ‘मलाई उनीहरुले निकै बेस्सरी च्यापेका थिए, म चलमल गर्ने अवस्थामा थिइनँ ।’

६ वर्षीया छोरीकी आमा कमलेसको नाक काटेपछि उनको श्रीमानसहित परिवारका अन्य सदस्य सम्पर्कबिहिन छन् । नाक काटिसकेपछि श्रीमानको अन्तिम वाक्य थियो, ‘अब तँ जिन्दगीभर यस्तै हुन्छेस् ।’

घटनापश्चात् कमलेशले उनको घर नजिकै रहेको आफ्नो माइतीपक्षलाई बोलाइन्, उनीहरुले कमलेशलाई नजिकैको अस्पताल पुर्याए । डाक्टरहरुले उनको नाकलाई पुनः जोड्न सकेनन् किनभने नाकको टुक्रालाई संजीवले आफूसँगै लिएर गएका थिए । नाकको शल्यक्रिया गर्न कमलेशको माइतीपक्षको आर्थिक स्थिती निकै कमजोर रहेको उनले बताइन् ।

पुलिसका अनुसार उनीहरुले घटनामा संलग्न कमलेशका श्रीमान्, सासू, ससूरा, नन्द र देवरको खोजी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप