थाइराइड क्यान्सरका झुक्याउने लक्षण
बुधबार, ०५ असोज २०७३, ०९ : ५१
डा. अविस अधिकारी क्यान्सररोग विशेषज्ञ ग्रान्डी इन्टरनेसनल अस्पताल
थाइराइड हर्मोन उत्पादन बढी वा कम भए पनि शरीरमा समस्या निम्तिन्छ । शरीरलाई नभई नहुने थाइराइड हर्मोन उत्पादन गर्ने यो ग्रन्थिको महत्व झनै ठूलो छ । यही थाइराइड ग्रन्थिमा विभिन्न समस्या निम्तिने गर्छ । क्यान्सरजस्तो खतरा पनि पैदा हुन्छ । थाइराइड ग्रन्थिमा कसरी हुन्छ क्यान्सर ? क्यान्सरका कारण र लक्षण के–के हुन्छन् ? कसरी सम्भव हुन्छ उपचार ? क्यान्सररोग विशेषज्ञ अविस अधिकारीले स्पष्ट पारेका छन् :
थाइराइड क्यान्सर
रुद्रघन्टीको ठ्याक्क मुनि एउटा ग्रन्थि हुन्छ । यसैलाई थाइराइड ग्रन्थि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मोन बनाउने हो । थाइराइड हर्मोन यति महत्वपूर्ण छ कि यसका काम धेरै छन् । शरीरको विकास, शरीरका अंगहरूको सन्तुलन र पाचन पनि सबै थाइराइड हर्मोनका काम हुन् । यही थाइराइड ग्रन्थिमा क्यान्सर हुनुलाई थाइराइड क्यान्सर भनिन्छ ।
जोखिम उमेर
थाइराइड क्यान्सर कुनै उमेरविशेषलाई हुने रोग होइन । स्कुले केटाकेटीदेखि बुढाबुढीसम्मलाई यो क्यान्सर हुनसक्छ । गएका केही दशकमा थाइराइड क्यान्सर निकै बढेको पाइएको छ । थाइराइड क्यान्सरका रोगी अहिले धेरै देखिनुमा उपचार प्रविधिको विकास, स्वास्थ्यप्रतिको चेतना र दक्ष चिकित्सकको उत्पादनले पनि हो । विशेषगरी, ४०–५० वर्ष उमेरका व्यक्तिमा यो क्यान्सर बढी देखिने गरेको छ । थाइराइडका अन्य समस्या पुरुषभन्दा महिलामा बढी देखिएजस्तै थाइराइड क्यान्सर पनि महिलामै बढी भएको पाइएको छ ।
मुख्य कारण थाइराइड
क्यान्सर निम्तिने कारण विभिन्न छन् । अस्वस्थ खानपान, विषाक्त तत्व प्रयोग गरिएका फलफूल र तरकारी सेवन, वातावरणीय प्रदूषण मुख्य कारण हुन् । यी कारणले थाइराइड ग्रन्थिमा असर पु¥याएर क्यान्सर निम्त्याउने गर्छन् ।
झुक्याउने लक्षण थाइराइड
क्यान्सरको मुख्य लक्षण भनेको घाँटीमा आउने गिर्खा हुन् । थाइराइड ग्रन्थि वा यसवरिपरि कुनै गिर्खाहरू छन् भने वेलैमा जाँच गराउन जरुरी हुन्छ । थाइराइड क्यान्सरको लक्षणका रूपमा देखिने यस्ता गिर्खा दुख्ने र पोल्ने गर्दैनन् । यस्तो लक्षणले धेरैलाई झुक्याउने गर्छ र क्यान्सरको अन्तिम अवस्थामा पु¥याइदिन्छ । नदुख्ने लक्षणका कारण अधिकांश बिरामी निकै ढिलो मात्र अस्पताल पुग्छन् । वेलैमा अस्पताल नगएकै कारण थाइराइड क्यान्सर निको गर्न गाह्रो हुनसक्छ ।
गिर्खाको जाँच
थाइराइड ग्रन्थि र यसवरिपरि गिर्खाहरू आएका छन् भने वेलैमा डाक्टरलाई भेट्न जरुरी हुन्छ । घाँटीमा आउने सबै गिर्खा क्यान्सर नहुन पनि सक्छ । तर, जाँच गराएर स्पष्ट हुनैपर्छ । गिर्खाको एफएनएसी (सानो सुईले गिर्खाबाट केही कोष निकालेर गरिने जाँच) गर्नुपर्छ । यो जाँच गरेपछि गिर्खा क्यान्सर हो या होइन थाहा हुन्छ ।
उपचार
थाइराइड क्यान्सर विभिन्न प्रकारका हुन्छन् । तर, धेरैजसो भेटिने क्यान्सर भनेको follicular र papillary थाइराइड क्यान्सर नै हुन् । यी दुवै क्यान्सरको उपचार गर्ने तरिका एउटै हुन्छ । थाइराइड ग्रन्थिको अप्रेसन गरेर नै उपचार हुन्छ । क्यान्सर भएको निश्चित भइसकेपछि शल्यचिकित्सकले थाइराइड ग्रन्थि निकालेर उपचार गर्छन् । अप्रेसनपछि विकिरणयुक्त ‘ओयोडिन स्क्यान’ भन्ने उपचार गरिन्छ । यो उपचारबाट शरीरमा थाइराइड क्यान्सर कति बाँकी छ या निर्मूल भइसक्यो भन्ने जाँच र उपचार हुन्छ । केहीलाई भने अलि उग्र प्रकारको बलबउबिकतष्अ थाइराइड क्यान्सर भएको हुन्छ । यो क्यान्सरको उपचार गर्न गाह्रो हुन्छ । यो क्यान्सरमा अप्रेसनपछि रेडियोथेरापी र किमोथेरापी पनि गर्नुपर्ने हुन्छ ।
निको हुने सम्भावना
थाइराइड क्यान्सर निको हुने सम्भावना ९० प्रतिशतभन्दा पनि बढी हुन्छ । वेलैमा रोग लागेको थाहा भए र समयमै उपचार भए थाइराइड क्यान्सरलाई जित्न गाह्रो छैन । तर, क्यान्सर क्रोनिक भइसकेको अवस्थामा भने जटिलताहरू थपिँदै गएका हुन्छन् । त्यसैले थाइराइड ग्रन्थि र यसआसपासमा निम्तिने सामान्य खालका समस्यामा पनि हेलचेक्र्याइँ गर्नु हुँदैन । सामान्य अवस्थामा पनि थाइराइड ग्रन्थिको नियमित चेकजाँच गराउनु राम्रो हुन्छ ।
उपचारपछिको जीवन
उपचारपछि थाइराइड क्यान्सरको उपचार सकिन्छ । रोग निको भएपछि बिरामीले सामान्य जिन्दगी बिताउन सक्छन् । तर, जिन्दगीभर नै हरेक दिन थाइराइड हर्मोनको गोली औषधि भने खानुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण