दशैंमा सपिङ हुँदैछ ? : यसरी सामान किन्दा ठगिनुपर्दैन
चाडबाड नजिकिँदै जाँदा हरेक घरमा के सामान कहाँ खरिद गर्ने भन्ने चर्चा सुरु भइसकेको छ । लामो बिदा र साथीभाइ तथा आफन्तसँग भेटघाट हुँदा के गर्ने, कसरी रमाइलो गर्ने, कहाँ घुम्न जाने, कस्तो ड्रेसअप गर्नेदेखि घरको सजावट कस्तो गर्नेसम्मको सल्लाह सुरु भइसकेको छ । नयाँ लुगा लगाउने तथा मिठो खाने पर्व भएकाले अहिले किनमेलमा व्यस्त हुने समय पनि हो ।
धेरै सामान एकैपटक खरिद गर्नुपर्ने भएकाले यस्तोमा विक्रेताले मौकाको फाइदा उठाउन सक्छन् । अत्यावश्यक सामान लुकाएर कालाबजारी गर्नेदेखि स्टक क्लिरेयन्सको नाममा काम नलाग्ने सामान बिक्री गर्न विक्रेता यस्तै समयको पर्खाइमा हुन्छन् । यस्तोमा सामान्य उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ । सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ताले ध्यान दिनुपर्ने विषयबारे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठको सुझाब यस्तो छ : -
चाडबाडमा उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री बिक्री गर्न नेपाल सरकारका तर्फबाट उपत्यकाका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । त्यस्तै, मोबाइल टिम मिलाएर विभिन्न स्थानमा गाडीमार्फत घुम्ती पसल पनि सञ्चालन भइरहेको छ । यस्तो पसलमा सामान खरिद गर्दा उपभोक्ताले गुणस्तरीय सामान सस्तो मूल्यमा प्राप्त गर्न सक्छन् ।
आफूले सामान खरिद गर्दै गरेको पसल सरकारी निकायमा दर्ता भएको छ–छैन थाहा पाउन प्रमाणपत्र सबैले देख्ने स्थानमा राखेको छ–छैन हेर्नुपर्छ । दर्ता गरेर सञ्चालन भएको पसलमा अनुगमन हुने कारण ठगिने सम्भावना कम हुन्छ । आफूले खरिद गर्न थालेको सामग्रीमा एमआरपी उल्लेख गरिएको हुनुपर्छ । लिखित रूपमा जानकारी नभएको अर्थात् लेभल नभएको सामान खरिद नगर्दै राम्रो हुन्छ ।
सामानको प्याकेटमा लगाइएको लेबलमा नाम, उत्पादन मिति, उपभोग मिति, मिश्रण गरिएका पदार्थ, उद्योगको पूरा ठेगानाजस्ता विवरण उल्लेख गरिएको हुनुपर्छ ।
खुला रूपमा बिक्री गर्ने खाद्य सामग्री जुन बोराबाट निकालिएको हो त्यसमा सम्पूर्ण विवरण उल्लेख गरिएको छ–छैन ख्याल राख्नुपर्छ । सामग्री खरिद गर्दा विभिन्न पसलको मूल्य तुलना गर्दा राम्रो हुन्छ । एउटै पसलमा सबै सामग्री किन्नुपर्छ भन्ने छैन । जुन सामान जहाँ सस्तो पर्छ त्यहीँ किन्दा मिहिनेतको कमाइ बचत गर्न सकिन्छ ।
विक्रेताको सम्पर्क तथा लगानीअनुसार उनीहरूको खरिद मूल्य पनि फरक–फरक पर्न सक्छ । जसले गर्दा बिक्री मूल्यमा केही तल–माथि पर्न सक्छ । त्यसैले बजार बुझ्दा फाइदाजनक नै हुन्छ । आफूले खरिद गर्ने हरेक सामग्रीको बिल लिन भने बिर्सनुहुँदैन ।
बिल लेनदेन गर्ने बानीले कुनै कैफियत देखिएमा समाधान गर्न सजिलो बनाउँछ । साथै, गुणस्तरीय सामान उचित मूल्यमा प्राप्त गर्न पनि सजिलो बनाउँछ । कुनै कारणवश आफू ठगिएको महसुस भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइहाल्नुपर्छ । सामान खरिद गर्दा बजारमा चलेको ट्रेन्ड, फेसन तथा मोडलमा पनि विशेष ध्यान दिनुपर्छ ।
कहिलेकाहीँ सस्तो पायो भनेर खरिद गर्दा मोडल तथा फेसन आउट सामग्री परेर समस्या सिर्जना हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण