डाक्टरका कुरा : यस्तो अवस्थामा नखानुहोस् पेनकिलर
आइतबार, १६ असोज २०७३, १४ : ४७
शरीरमा निम्तिने विभिन्न दुखाइ कम गर्न पेनकिलर खाने गरिन्छ । तत्कालको दुखाइ साम्य पार्न पेनकिलरले भूमिका खेल्छ । तर, पेनकिलर रोग नै निदान गर्ने औषधि होइन भन्ने पाटोमा सबै स्पष्ट हुन जरुरी छ । तात्तातो दुखाइ कम गर्ने पेनकिलरले साइड इफेक्ट पनि उत्तिकै गरेको हुन्छ । कतिपय अवस्थामा पेनकिलर खानु निकै खराब हुन सक्छ । फर्मासिस्ट उजीवप्रसाद प्रधानले यस्तो अवस्थामा पेनकिलर नखान सुझाब दिएका छन्ः
खाली पेटमा कहिल्यै पेनकिलर नखानुहोस् । खाली पेटमा पेनकिलर खाँदा एसिडिटी बढाउँछ ।मादक पदार्थ सेवन गरेको अवस्थामा पेनकिलर सेवन गर्ने गल्ती नगर्नुहोस् । अर्थात् पेनकिलर खानु भएको छ भने मादक पदार्थ सेवन नगर्नुहोस् । पेनकिलर र मादक पदार्थको संयोजनको परिणाम खराब हुन्छ । यसले रिंगटा लगाउने, अम्लीयपन बढाउने र मुटुमा समस्या निम्तिने हुन सक्छ ।
शरीर खरो (पानीको मात्रा कम) भएको अवस्थामा पेनकिलर खानु घातक हुन सक्छ । पेनकिलर खाएको वेला शरीरमा जतिसक्दो पानीको मात्रा बढाउनुपर्छ । बढी पानी पिउँदा पेनकिलरका अनावश्यक पदार्थ बाहिर पठाउन मद्दत मिल्छ ।
दुखाइ कम गर्ने नाममा अज्ञानतामै पेनकिलर खाने काम नगर्नुहोस् । पेनकिलर सेवन गर्दा चाहिने खुराक, सेवन गर्ने अवधि, मात्रा र असरबारे नबुझी खाएको पेनकिलरले शरीरमा गम्भीर खतरा निम्त्याउन पनि सक्छ । कतिपय पेनकिलर निश्चित अवधिभन्दा बढी खाँदा लत लाग्ने पनि हुन सक्छ जुन दीर्घकालका लागि समस्या बन्न सक्छ ।
त्यसैले, फर्मासिस्टसँग पेनकिलरबारे विस्तृत जानकारी लिएर मात्रै सेवन गर्नुहोला । अल्सर, हृदयरोग र उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या छन् भने झुक्किएर पनि पेनकिलर नखानुहोस् । पेनकिलरले थप असर पार्न सक्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा नियमावलीको दशौँ संशोधनप्रति आपत्ति, तत्काल सच्याउन माग
-
परिवारको खुसी खोज्दै दुबई गएका भक्तबहादुर २० दिन नबित्दै बाकसमा फर्किए
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण