शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

दुई वर्षसम्मका बच्चाप्रति यस्तो हुनुपर्छ आमाको जिम्मेवारी

शनिबार, २७ कात्तिक २०७३, १४ : ३१
शनिबार, २७ कात्तिक २०७३
-बच्चा जन्मिएको एक घन्टाभित्र स्तनपान गराउने । बच्चालाई शीतांग हुन नदिन दुई–चार घन्टासम्म ननुहाइदिने । आराम गर्ने र पर्याप्त स्तनपान गराउने । -जन्मिएको ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराउने । ६ महिनासम्म आमाको दूध मात्र खुवाउने । -६ महिनाबीचको अवधिमा दिनुपर्ने सबै खोप लगाउने । स्वास्थ्य संस्थामा लगेर प्रत्येक महिना वृद्धिविकास अनुगमन गराइराख्ने । कम्तीमा चार महिनासम्म यो गराउने । -६ महिनादेखि एक वर्षसम्म ६ महिना लागेपछि आमाको दूधसँगै कम्तीमा तीनपटक खाना खुवाउने । खाना खुवाउनुअघि राम्रोसँग हात धुने । -यस अवधिमा बच्चालाई लगाउनुपर्ने सबै खोप समयमै लगाउने । एक वर्षदेखि दुई वर्षसम्म -बच्चा एक वर्षको भएपछि थप खाना खुवाउने र ऊसँग खेल्ने । -बच्चाको शारीरिक विकास तीव्र हुने हुँदा पोषिलो खाना खुवाउनुपर्छ । -दुई वर्षसम्म निरन्तर स्तनपान गराइराख्नुपर्छ । -बच्चाको दिसा चर्पीमा मात्र फ्याँक्ने र चर्पी गएपछि प्रत्येक पटक साबुनपानीले हात धुने गर्नुपर्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप