बच्चालाई झाडापखालाबाट जोगाउन यसो गरौँ
शनिबार, २७ कात्तिक २०७३, १४ : ३४
दुई हप्ताभन्दा बढी भएको छैन भने एन्टिबायोटिक खुवाउनु हुँदैन ।
चिकित्सकको सल्लाहमा मात्र खुवाउनुपर्छ ।
दुई हप्ताभन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला (क्रोनिक डायरिया) भनिन्छ । यसको उपचार फरक हुन्छ । त्यसमा पहिले कारण पत्ता लगाउनुपर्छ । त्यसका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ ।
झाडापखाला भएको बच्चामा पोटासियम कम हुन्छ । त्यसले पेट फुलाउँछ । त्यसलाई नियन्त्रण गर्न फलफूलको अवाश्यक हुन्छ । केरामा पोटासियमको मात्रा बढी हुन्छ ।
झाडापखाला लागेका वेला बच्चाले कतिपटक पिसाब गर्छ, त्यो ख्याल गर्नुपर्छ । यस्तो समयमा एक दिनमा कम्तीमा सातपटक पिसाब फेरेको हुनुपर्छ ।
झोल पदार्थ कम खाँदा कम पिसाब गर्छ र त्यसले मिर्गौलामा असर गर्छ । झाडापखालाको उपचार गर्दा एन्टिबायोटिक खान अवश्यक छैन । त्यस्तो औषधिले बच्चाको प्रतिरोधी क्षमतामा कम भई झन् समस्या हुन सक्छ । दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ । यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ ।
समय नपुगी जन्मिएका बच्चा, रोगसँग लड्ने क्षमता कम भएको बच्चा, कुपोषण भएको बच्चालाई दीर्घ झाडापखाला लाग्ने सम्भावना हुन्छ । जाडोमा हुने झाडापखालामा रोटा भइरसविरुद्धको खोप दिनु राम्रो हुन्छ । सधैँ ताजा र सफा खानेकुरा मात्र खुवाउने गर्नुपर्छ ।
घरवरपरको वातावरण र चर्पी सफा राख्ने । केही खानुअघि र केही खाइसकेपछि अनिवार्य साबुनपानीले राम्ररी हात धुने । बाहिर गएर आएपछि सीधै बच्चालाई नसमाउने । समाउनुअघि हातखुट्टा राम्ररी धुने । ६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ ।
थोरै मात्रामा जाउलोसँग दही वा मही पनि झाडापखाला लागेका वेला राम्रो हुन्छ । झाडापखाला लागेका वेला जंकफुड खुवाउनु हुँदैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण