शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

यस्ता ४ व्यक्तिले भोक खप्नुहुन्न !

शुक्रबार, ०३ मङ्सिर २०७३, ०८ : २२
शुक्रबार, ०३ मङ्सिर २०७३
विभिन्न समस्या या बहानाले कतिपय व्यक्ति लामो समयसम्म भोक खपेर बस्ने गरेको पनि पाइन्छ । व्रत, समय अभाव, प्रतिकूल परिस्थितिलगायत बहानामा लामो समयसम्म भोक खपेर बस्नु कतिपय व्यक्तिलाई निकै प्रत्युत्पादक हुन सक्छ । डाक्टर बबिता थापाले केही यस्ता व्यक्तिलाई भोक नखप्न सुझाब दिएकी छिन् : 1-धेरै दुब्लो शरीरिक रूपमा निकै नै दुब्लो व्यक्तिले लामो समयसम्म भोक खपेर बस्नु उचित होइन । यस्ता व्यक्तिमा क्यालोरी निकै कम हुन्छ । खाइरहेको अवस्थामा पनि क्यालोरी अपुग हुने यस्ता व्यक्तिले लामो समयसम्म भोक खप्दा क्यालोरीको ठूलो अभाव खड्किन्छ । क्यालोरी निकै कम भयो भने बेहोस मात्रै होइन, पक्षाघात पनि हुने खतरा रहन्छ । 2-मधुमेह रोगी मधुमेह रोगीले औषधि सेवन गरिरहेका हुन्छन् । उनीहरूले औषधिबाटै सुगरको मात्रा नियन्त्रणमा राखिरहेका हुन्छन् । यस्ता व्यक्तिले लामो समयसम्म भोक खप्दा शरीरमा चिनीको मात्रा निकै कम हुन सक्छ । शरीरमा चिनीको मात्रा कम भएको व्यक्तिले पनि लामो समय भोक खप्दा नकारात्मक परिणाम निम्तिन सक्छ । 3-गर्भवती गर्भवतीले पनि लामो समय भोक खपेर बस्नु घातक हुन्छ । साबिकभन्दा बढी क्यालोरी आवश्यक पर्ने यो अवस्थामा भोक खप्दा क्यालोरी कम भएर आमा र बच्चा दुवैको स्वास्थ्यमा नकारात्मक असर निम्त्याउँछ । आमाले भोक खप्नु भनेको बच्चा पनि भोकै रहनु हो । यसकारण बच्चाको स्वास्थ्यको ख्याल गरेर पनि गर्भवतीले भोक खप्नु हुँदैन । - 4-औषधि सेवन कुनै रोगको औषधि सेवन गरिरहेका व्यक्तिले पनि भोक खप्ने गल्ती गर्नु हुँदैन । कतिपय रोगको प्रकृति र औषधिको अवस्थाअनुसार भोको बस्नु निकै हानिकारक हुन सक्छ । त्यसैले औषधि सेवन गरिरहेका व्यक्तिले भोक नखप्नु नै उत्तम हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप