करोडपतीलाई कंगाल बनाइदिन्छ यी वस्तुले, बिर्सेर पनि नराख्नुहोस् पर्समा
धेरैजसो हामी आफ्नो पर्समा पैसाको साथै केही अन्य कुराहरु पनि राख्ने गर्छौं । तर धेरैपटक पर्समा राखिने यी वस्तुहरु अशुभ मानिन्छ र हाम्रो सौभाग्यलाई पनि दुर्भाग्यमा परिवर्तन गरेर हामीलाई कंगाल बनाइदिन्छ । आज हामी तपाईंलाई पर्समा कहिले पनि राख्न नहुने वस्तुबारे जानकारी दिँदै छौं ।
औषधीः पर्समा कहिले पनि औषधी नराख्नुहोस् । वास्तुका अनुसार पर्समा औषधी राख्दा पैसा निकै खर्च हुन्छ । यसका साथै अनावश्यक रुपमा खर्च बढ्छ जसका कारण रोग, ऋण तथा अन्य समस्याको शिकार पनि हुने गर्दछन् ।
अश्लिल चित्र र सामग्रीः कहिले पनि पर्समा कुनै पनि अश्लिल चित्र र सामग्री नराख्नुहोस् । यसले भाग्यमा नकारात्मक असर पुर्याउँछ जसले खल्तीको साथै घरको ढुकुटी पनि खाली हुन थाल्छ ।
पुरानो बिल र रसिदः पर्स पैसा राख्नका लागि बनाइन्छ । त्यसकारण पैसाको सट्टा यसमा बिल, रसिद, एटीएमको पर्चा आदि राख्नु वास्तुका अनुसार अशुभ मानिन्छ ।
ब्लेड, चक्कु र धारिलो वस्तुः पर्समा पैसाको साथै धारिलो वस्तु जस्तै ब्लेड, चक्कुजस्ता वस्तु राख्दा आर्थिक समस्या झेल्नुपर्ने हुन्छ । यसकारण बिर्सेर पनि यस्ता सामानहरु पर्समा नराख्नुहोस् ।
यस्ता तस्बिरहरु नराख्नुहोस्ः तपाईंको पर्स अर्थसँग सम्बन्धित हुनुपर्छ । यसमा तपाईंको भावना नथुपार्नुहोस् । त्यसकारण पर्समा आफ्ना परिवार र सन्तानको फोटो नराख्नुहोस् । साथै यसमा मृतकको फोटो पनि नराख्नुहोस् । यदि फोटो राख्नु नै छ भने आफ्नो मोबाइलमा राख्नुहोस् ।
साँचो नराख्नुहोस्ः यदि तपाईं घरको साँचो पर्समा राख्ने गर्नुहुन्छ ? यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् । फलामबाट बनेको कुरा, सिक्का पर्समा नराखेर सकारात्मक ऊर्जा आफ्नो पर्सलाई तान्न दिनुहोस् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुमापा र राजामतीका आख्यानहरू
-
माइतीघरमा प्रदर्शन : देउवा, ओली र प्रचण्डदेखि बालेन, रवि र स्वर्णिमसम्मप्रति आक्रोश
-
बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण