शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

श्रीमतीलाई माया गर्नुहुन्छ भने उनको खानामा समावेश गर्नुहोस् यी १० खानेकुरा

शनिबार, ०४ मङ्सिर २०७३, ०९ : ४३
शनिबार, ०४ मङ्सिर २०७३

उमेर बढेसँगै महिलामा थुप्रै प्रकारको हर्मोन परिवर्तन हुने गर्दछ । यस्तो अवस्थामा महिलालाई कमजोरी, प्रजननमा कमी र रगतको कमीजस्ता समस्याको सामना गर्नुपर्ने हुन्छ । यी समस्यालाई टाढा राख्नका लागि महिलाको खानामा भिटामिन र मिनरल्सयुक्त खानेकुरा समावेश गर्नुपर्छ ।

दूधः महिलाहरुले नियमित रुपमा दिनमा एक ग्लास दुध पिउन आवश्यक छ । दूधमा पर्याप्त मात्रामा प्रोटिन र क्याल्सियम हुने भएकाले यसले हड्डी र छालालाई स्वस्थ राख्नमा मद्दत गर्दछ ।

ब्राउन राइसः महिलाले आफ्नो डाइटमा सेतो चामलको सट्टा ब्राउन राइस समावेश गर्नुहोस् । यसले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा प्रदान गर्दछ जसले कमजोरी हट्न सहयोग गर्छ ।

आलूः आलूमा कार्बोहाइड्रेट, भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले शरिरलाई भरपूर ऊर्जा प्रदान गर्दछ । यसले महिलालाई हुने कमजोरी हटाउन सहयोग गर्छ ।

महः महले शरिरलाई पर्याप्त मात्रामा ऊर्जा दिन्छ । यसलाई नियमित आफ्नो खानामा संलग्न गर्दा महिलाको कमजोरी टाढा हुन्छ । यसले छालालाई पनि स्वस्थ राख्न मद्दत गर्छ ।

स्याउः स्याउ आइरन र फाइबरको निकै राम्रो स्रोत मानिन्छ । यसलाई नियमित खानामा समावेश गर्दा रक्तअल्पत्ताको समस्या टाढा रहन्छ ।

केराः केरामा पर्याप्त मात्रामा आइरन र कार्बोहाइड्रेट हुन्छ जसले शरिरलाई ऊर्जा प्रदान गर्न सहयोग गर्दछ । महिलाले नियमित दुईवटा केरालाई आफ्नो खानामा संलग्न गराए यसले प्रजनन बढाउन सहयोग गर्दछ भने कमजोरी पनि हटाउँछ ।

ओखरः ओखरमा पाइने आइरन, क्याल्सियम, जिंक र एन्टिअक्सिडेन्टले शरिरको विभिन्न भागलाई स्वस्थ राख्न सहयोग गर्छ । यसले महिलालाई रक्तअल्पत्ताको समस्या हटाउँछ ।

एल्मोन्ड (बदाम): सुत्नुभन्दा अघि एल्मोन्ड (बदाम) लाई पानीमा भिजाउनुहोस् । बिहान यसलाई खाली पेटमा खानुहोस् । यसले महिलाको प्रजनन बढाउँछ भने कमजोरी हटाउँछ ।

अण्डाः अण्डा प्रोटिनको निकै राम्रो स्रोत हो । नियमित ब्रेकफास्टमा दुईवटा अण्डा समावेश गर्नुहोस् । यसले महिलाको प्रजनन बढाउन मद्दत गर्दछ र कमजोरी हटाउँछ ।

हरियो सागसब्जीः आफ्नो खानामा हरियो सागसब्जी जस्तै पालुङ्गो, मेथी, बन्दालाई समावेश गर्नुहोस् । यसमा भिटामिन र मिनरल्स भरपूर मात्रामा पाइन्छ जसले महिलाको रक्तअल्पत्ताको समस्या हटाउँछ भने छालालाई स्वस्थ राख्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप