विवाहभन्दा १५ दिन पहिले तौल घटाउनु छ भने अपनाउनुस् यी १० तरिका
विवाहको दिन हरेक व्यक्ति आकर्षक देखिन खोज्छ । त्यसकारण यस्तो मौकामा धेरैजसोलाई आफ्नो बढिरहेको तौलले तनावमा पारेको हुन्छ । शानदार कपडा र मेकअपको मद्दतले तपाईं राम्री त देखिनुहुन्छ तर शरिर भद्दा देखियो भन्ने कमेन्ट पनि आउन सक्छ । त्यसकारण आज हामी तपार्ईंलाई १५ दिनभित्र तौल घटाउने तरिकाबारे जानकारी दिँदै छौं ।
बिहान खाली पेटमा एक ग्लास मनतातो पानी पिउनुहोस् । यसले शरिरको टक्सिनलाई बाहिर निकाल्छ र बोसो घटाउनमा सहयोग गर्दछ ।
बिहान दुध भएको चियाको सट्टा चिनी नहालेको ग्रिन टी पिउनुहोस् । यसले मेटाबोलिजम बढाउँछ जसले शरिरको धेरै क्यालोरी खर्च हुनेछ ।
खाना खानुभन्दा पहिले एक ग्लास पानी पिउनुहोस् । यसले भोक कम लाग्छ त्यसकारण बढि खानबाट बच्नुहुनेछ ।
खानासँगै एक कचौरा दही खानुहोस् । यसमा हुन प्रोबायोटिक ब्याक्टेरिया मेटाबोलिजम बढाउनेछ जसले तौल घटाउन सहयोग गर्नेछ ।
बेलुकी भोक लाग्दा मेवा खानुहोस् । यसमा हुने फाइबरले चाँडै तौल घटाउन सहयोग गर्दछ ।
केही दिनका लागि खानामा चिनी र नुनको मात्रा कम गर्नुहोस् । यसले चाँडै नै तौल घटाउन सहयोग गर्दछ । दैनिक बिहान ३० मिनेट लम्केर हिँड्नुहोस् । यसले शरिरको कार्य निकै राम्रो हुनेछ र तिब्र रुपमा बोसोको मात्रा घट्छ ।
दैनिक एक गलास लौकाको जुस पिउनुहोस् । यसमा पाइने फाइबरले तौल घटाउनमा मद्दत गर्दछ ।
खानामा खोर्सानीको मात्रालाई बढाउनुहोस् । यसमा पाइने क्याप्सिनले बोसोलाई घटाउन सहयोग गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण