यी पाकिस्तानी मोडलको फोटो भाइरल भयो, कारण थाहा पाउँदा चकित हुनुहनेछ
पाकिस्तामा ग्ल्यामर इन्डष्ट्रिको विकास आजकाल निकै धेरै भइरहेको छ । यहि विकासको सूचकको रुपमा पाकिस्तानी एक मोडलको फोटो निकै भाइरल भइरहेको छ । पहिलो नजरमा उनले गराएको यो फोटोसुट साधारण लाग्छ तर जब तपाईंले यसको वास्तविकता थाहा पाउनुहुनेछ तपाईंले पुनः एकपटक यो फोटोलाई हेर्नुहुनेछ ।
कामी सइद पाकिस्तानकी चर्चित तेस्रोलिङ्गी अधिकारकर्मीमध्येकी एक हुन् । उनी पाकिस्तानकी पहिलो तेस्रोलिङ्गी मोडल पनि हुन् । केहि दिन अघि उनले फोटोसुट गराएकी छिन् जसलाई धेरै मानिसहरुले रुचाएका छन् । कामीका अनुसार यो फोटोसुटले पाकिस्तानीको मन मस्तिष्कभित्र तेस्रोलिङ्गी वर्गका मानिसहरुप्रति आफ्नो धारणा परिवर्तन गरिदिने काम गर्नेछ ।
सबैभन्दा नराम्रो हालतमा बस्न बाध्य गरिन्छः पाकिस्तानमा तेस्रोलिङ्गीहरुको स्थिती निकै नाजुक छ । उनीहरुमाथि निकै नराम्रो व्यवहार गरिन्छ । यसै वर्षको मे महिनामा २३ वर्षीया तेस्रोलिङ्गी महिला अलिशालाई गोली हानी हानियो । कुरा यतिमा मात्र सिमित भएन, उनलाई अस्पतालमा पनि उनको राम्रोसँग उपचार गरिएन जसका कारण उनको मृत्यु भयो । पाकिस्तानको उत्तर प्रान्तमा सन् २०१५ देखि अहिलेसम्म ४५ भन्दा बढि तेस्रोलिङ्गीलाई मारिएको छ ।
जो कोहीले गर्छन् बलात्कारः पाकिस्तानी तेस्रोलिङ्गीलाई समाजमा निकै निज प्रकारले हेरिन्छ । तर तिनै पाकिस्तानी उनीहरुलाई बलात्कार गर्न भने पछि पर्दैनन् । सबैभन्दा अचम्मको कुरा के छ भने बलात्कार गर्ने व्यक्तिले केही पनि सजायँ पाउँदैन ।
कामी हुन् पाकिस्तानी तेस्रोलिङ्गीका नयाँ आशाः एलजीबीटीआई अधिकारकर्मी कामी पाकिस्तानकी पहिलो तेस्रोलिङ्गी मोडल हुन् । उनी तेस्रोलिङ्गीको हक अधिकारको लागि आवाज उठाउँछिन् । उनले धेरै अन्तर्वार्ता दिएकी छिन् र बीबीसी डकुमेन्ट्रीमा पनि काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण