सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

हेर्नुहोस्, यो हो पाँच तारे सार्वजनिक शौचालय

बुधबार, १५ मङ्सिर २०७३, १४ : ४४
बुधबार, १५ मङ्सिर २०७३

साधारणतया मानिसहरु सार्वजनिक शौचालय जानबाट बच्छन् । साह्रै दुर्गन्धित, फोहोर र पसिनसक्नु भएकाले अति नै आवश्यक भए मात्र मानिसहरु सार्वजनिक शौचालयको प्रयोग गर्ने गर्छन् । तर चीनको चोङक्विङ्गमा बनेको पाँच तारे सार्वजनिक शौचालयको कहानी भने निकै भिन्न छ ।

चोङक्विङ्गको बिसान जिल्लामा बनेको यो पाँच तारे शौचालयमा १५० स्क्वायर मिटर रेस्टरुमका साथै उत्कृष्ट इन्टेरियर डिजाइन रहेको छ । यसमा निकै आकर्षक मार्बल राखिएको छ भने त्यहाँका भित्ताहरु ग्रेनाइटका जस्तै देखिन्छन् । साथै, शौचालयको बीचमा हिटिङ सिस्टम जडान गरिएको छ जसले शौचालयभित्र वर्षैभरी २६ डिग्रीको तापक्रम कायम राख्छ ।

यहाँका कमोड पाँच तारे होटर र रेष्टुरेन्टमा राखिने किसिमका छन् । शौचालय भित्रका धेरैजसो भित्ताहरुमा निकै राम्रो पेन्टिङ गरिएको छ भने प्राकृतिक बिरुवा रोपिएका छन् । यहाँ २४ सै घण्टा मधुर संगीत पनि बजिरहेको हुन्छ ।

हेरौं पाँचतारे सार्वजनिक शौचालयका केही तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप