सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

२२ वर्षीया शिक्षिकासँग १४ वर्षे विद्यार्थी फरार

सोमबार, २० मङ्सिर २०७३, १५ : ५१
सोमबार, २० मङ्सिर २०७३

भारतको बरेलीस्थिती एक १४ वर्षीय विद्यार्थी गत बिहिबार २२ वर्षीया शिक्षिकासँग भागेका छन् । घरबाट ८ हजार रुपैयाँ र केही गहना चोरर ती छात्र घरबाट भागेका थिए ।

आफ्नो छोरा विद्यालयको मालिककी छोरीसँग भागेपछि छात्रका बालकले शिक्षिकाको परिवारविरुद्ध मुद्दा दर्ता गरेको छ ।

छात्रका बुवा रामवीरले भने, ‘मेरो छोरा घरबाट पैसा र गहना लिएर शिक्षिकासँग भागेका छन् । शिक्षिकाको क्यारेक्टर राम्रो छैन । उनले मेरो छोरालाई यो अपराधका लागि उक्साइन् ,’ एक नीजि संस्थामा काम गर्ने रामवीरले भने, ‘म छोराको खोजीमा यता उता कुदिरहेको छु । ऊ निकै कलिलो छ । यस्तो कदम उठाउन उसले हिम्मत जुटाउनै सक्दैन ।’

रामवीरले आज पुलिसमा मुद्दा दर्ता गरेका हुन् ।

यसैबिच शिक्षिकाको परिवारले पनि पुलिसमा मुद्दा दर्ता गर्दै छात्रको परिवारले यो पूरा घटनालाई आफैंले बुनेको बताए । एसपी यमुना प्रसादले भने, ‘यो निकै अचम्मको घटना हो । शिक्षिकाको परिवारले छात्रलाई अपहरणको आरोप लगाएको छ । हामीले बालकविरुद्ध मुद्दा दर्ता गरेका छौं । सरसर्ती हेर्दा यस्तो लाग्दैन तर दुबै कुनै सम्बन्धमा रहेको र उनीहरु एकैसाथ भागेको सम्भावना प्रबल छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप