११ करोडको कुकुर ! के छ यसमा विशेष
आयरल्याण्डको पुलिसले एक शिकारी कुकुर (ग्रेहाउन्ड) को चोरीको विषयमा चार मानिसलाई पक्राउ गरेको छ ।
यो कुकुरको मूल्य १० लाख युरो अर्थात ११ करोड बढि नेपाली रुपैयाँ ।
क्लेयर्स रकेट नामको यो शिकारी कुकुर आफ्नो प्रशिक्षकसँग भएका बेला टिपरेरी काउन्टीमा गोल्डेन भन्ने ठाउँबाट हराएको थियो ।
सन् १९८३ मा एउटा रेसको घोडा शेरगरको चोरी गरिएको थियो । क्लेयर्सको चोरीलाई पनि त्यति घटनासँग तुलना गरिएको छ ।
क्लेयर्सलाई सुरक्षित र ठिक स्थितीमा फेला पारेको पुलिसले जानकारी दिएको छ ।
खुफिया विभागले यस विषयमा संलग्न भएको आशंकामा टिपरेरी गार्डामा दुईजनासँग सोधपुछ गरिरहेको छ । अर्का दुई संदिग्धलाई क्लोनमेल गार्डाको पुलिस चौकीमा सोधपुछ गरिएको छ ।
शिकारी कुकुरका जानकार इयन फच्र्यूनका अनुसार रोकेटलाई ग्रेहाउन्ड रेसिङ्मा ‘सुपरस्टार’ मानिन्छ ।
उनले भने, ‘उक्त कुकुर भेट्टाउने व्यक्तिलाई ५४ हजार यूरो पुरस्कार तोकिएको थियो । दुई वर्षको उक्त कुकुरलाई सकुशल भट्टाइएको छ ।’
द रेसिङ पोष्टका अनुसार क्लेयर्स रकेट यो वर्षको सबैभन्दा तिब्र दौडनसक्ने क्षमता भएको उत्कृष्ट ग्रेहाउन्ड हो ।
उक्त कुकुरले काउन्टीको ग्राहम होल्याडमा तालिम लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण