यी हुन् बम निष्क्रिय पार्ने पाकिस्तानी सुन्दरी (फोटोफिचर)
पाकिस्तानको खाइबर पख्तुन्ख्वा (केपी) मा एक युवतीले वर्षौं पुरानो मान्यतालाई तोड्दै बम डिस्पोजल समूहकी पहिलो महिला सदस्य बनेकी छिन् ।
२९ वर्षीया राफिया कसिम बाइगले उक्त साहसी कार्यमा कुनै पनि पाकिस्तानी र एसियाली महिला संलग्न भएको नदेखेपछि आफूले यसै फिल्डमा काम गर्ने निर्णय लिएको बताइन् ।
राफियाले आफ्नो यस कार्यमार्फत केपीका महिला र पुरुष निकै साहसी हुन्छन् भन्ने सन्देश फैलाउन खोजेको बताइन् ।
‘यदि केपीका महिला यति साहसी हुन्छन्, सोच्नुहोस् पुरुष सैनिकको पराक्रम कस्तो होला ?’ उनले प्रश्न गरिन् ।
पुलिसमा भर्ती भएको पहिलो दिन नै आफूभन्दा केही पर बम पड्किएको घटना उनले सम्झिइन् । सात वर्ष अघि पड्किएको उक्त बमले उनलाई यसतर्फ आकर्षित गरेको उनले बताइन् । त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु नपरेको जानकारी दिइन् ।
राफियाले देशका महिलालाई यस्तो सन्देश दिइन्ः ‘एक महिलाले चाहे जस्तोसुकै कठिनाइलाई पनि सहज बनाइदिन सक्छिन् ।’
उनले आफ्नो देश र पुलिस फोर्सलाई व्यवहारिक रुपमै सकारात्मक परिचय दिन चाहेको बताइन् ।
मानिसको ज्यान बचाउनका लागि बम निष्क्रिय गर्दागर्दै आफ्नो ज्यान यदि गुमिहाल्यो भने पनि यो उनको परिवारको लागि गौरवको विषय हुने उनले ठोकुवा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण