सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

४० बर्षदेखि यी व्यक्ति थिए राष्ट्रपति भवन नजिकै गुफामा

बुधबार, २९ मङ्सिर २०७३, ११ : ११
बुधबार, २९ मङ्सिर २०७३

नयाँ दिल्ली–सुरक्षा एजेन्सी त्यसबेला एक्सनमा आए, जव एक व्यक्ति राष्ट्रपति भवन नजिकै जंगलमा जोडिएको भित्तामा देखिए । कुनै आतंकी गतिविधिको आशंकामा प्रहरीले अप्रेशन शुरु गर्यो । अन्तितमा प्रहीले सेता दाह्री भएका गाजी नुरल हसनलाई पक्राउ गर्यो । उनलाई सोधपुछका लागि चाणक्यपुरी प्रहरी थाना लगियो । सोधपुछमा हसनले यस्तो बताए कि प्रहरी पनि दंग परे । खासमा ६८ बर्षका हसन पछिल्लो ४० बर्षदेखि राष्ट्रपति भवन नजिकै तुगलक काल स्मारकको तल गुफा बनाएर बसेका थिए । हसनले भनेका छन कि, गुफा उनी आफैले खनेका हुन् र त्यहाँ आफ्नो २२ बर्षका छोरा मोहम्मद नूरसँग बस्थे । –उनले भोटर कार्डदेखि पासपोर्टसम्म बनाएका थिए । जसमा उनको ठेगाना मजार लेखिएको छ । –प्रहरीलाई यति लामो सयमसम्म यो कुराको कुनै सूचना भएन । –हसनले आफ्नो जिन्दगीका वारेमा भनेका छन कि, उनी मूल रुपमा उत्तर प्रदेश व्यक्ति हुन् । उनी आफु धार्मिक गुरु र उर्दू लेखक हुन् । पछि उनी राष्ट्रपति भवनमा सिफ्ट भए, गुफामा । –पूर्व राष्ट्रपति फखरुद्दीन अली अहमदले हसनलाई धार्मिक गुरुका रुपमा नियुक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप